बाँकेमा जिल्लाव्यापी खुल्ला ब्याडमिन्टन तयारी

बाँकेमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । बाँके जिल्ला ब्याडमिन्टन संघले नेपाली सेनाको भैरव प्रसाद गण र कर्मचारी मिलन केन्द्र बाँकेसँगको संयुक्त आयोजनामा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा महिला एकल, पुरुष एकल, भेट्रान युगल ४५ प्लस, पुरुष युगल, पुरुष एकल १९ बर्ष मूनिका र महिला एकल १९ बर्ष मूनिका खेलाडीहरु बीच प्रतिस्पर्धा हुनेछ ।

‘जिल्लाबाट क्रमशः राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने र त्यसका लागि खेल प्रतिभा प्रवद्र्धन गर्ने योजनाको साथ खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु गर्न लागिएको हो’, बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले आयोजनाबारे जानकारी दिंदै भने, ‘यसलाई भव्यता दिने हरसम्भव प्रयास हुनेछ ।’

आयोजनामा विभिन्न ६ वटा इभेन्टमा ६० बढी खेलाडीहरुको टिम सहभागी हुने पूर्वानुमान आयोजक संघको छ । ‘खेलमा अपेक्षित आकर्षण देखिएको छ’, अध्यक्ष थापाले तयारीमा संघ जुटेको जानकारी दिंदै भने, ‘महिला एकलदेखि भेट्रान युगलसम्मका इभेन्टहरु हुनेछन् ।’

ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले दिएको जानकारी अनुसार, खुल्ला ब्याडमिन्टन प्रतियोगितामा महिला एकल, पुरुष एकल, भेट्रान युगल ४५ प्लस, पुरुष युगल, पुरुष एकल १९ बर्ष मूनिका र महिला एकल १९ बर्ष मूनिका खेलाडीहरु बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया