हवाई यातायात : घट्दो दुर्घटना र मृत्यु दर

नेपालमा हवाई उडानमा हुने मृत्यु दर र दुर्घटना घट्दो रहेको तथ्यांकले देखाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको छ । सन् २०११ देखि २०२० सम्मको तथ्यांक हेर्ने हो भने बार्षिक हवाई दुर्घटनामा बार्षिक औसत १०.३ जनाको मृत्यु हुने गरेको छ । त्यस्तै, कार्गो विमानमा मृत्यु दर न्यून छ भने हेलिकोप्टर दुर्घटनामा बार्षिक औसत २.७ जनाको मृत्यु हुने गरेको प्राधिकरणको सन् २०२० को प्रतिवेदनले देखाएको छ ।

प्राधिकरणका अनुसार, १० बर्षे तथ्यांक छाडेर पाँच बर्षे तथ्यांक हेर्ने हो भने त्यसपछि हवाइजहाज दुर्घटनामा मृतकको संख्यामा कमी आएको छ । पहिलो पाँच बर्ष अर्थात् २०११ देखि २०१५ सम्म हवाई दुर्घटनामा औसत मृत्यु १४.२ थियो । त्यसपछि सन् २०१६ देखि २०२० सम्म त्यो संख्या त्यो घटेर प्रत्येक बर्ष औसत मृत्यु ६.४ मा झरेको छ । कार्गो विमान दुर्घटना भने निकै कम हुने गरेको छ । सन् २०१७ मा कार्गो विमान दुर्घटना हुँदा २ जना चालक दल सदस्यको मृत्यु भएको थियो भने, सन् २०१८ मा थप २ र सन् २०१९ मा ग्राउण्डमै भएको दुर्घटनामा कार्गोका १ फ्लाइलका क्रु मेम्बर र २ जमिनमा काम गर्ने कर्मचारीको मृत्यु भएको थियो । सन् २०२० मा ज्यान जाने दुर्घटना भने भएन ।

हेलिकप्टर दुर्घटनामा पछिल्लो १० बर्षमा हुने मानवीय क्षति भने बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्रतिवेदन अनुसार, सन् २०११ देखि २०२० सम्म हेलिकप्टर दुर्घटनामा मृतदर बार्षिक २.७ रहेको छ । पहिलो सन् २०११ देखि २०१५ सम्म बार्षिक मृत्युदर १.२ हुँदा त्यो संख्या पछिल्लो अर्थात् सन् २०१६ देखि २०२० सम्म बढेर ४.२ बार्षिक मृत्युदर पुगेको छ । पछिल्ला बर्ष यात्राका लागि हेलिकप्टरको प्रयोग र दुर्घटना पनि बढेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया