भ्रष्टाचार बिरुद्ध मंसिर २३ गते हुन लागेको नेपालगञ्ज वाकाथनमा बहुचर्चित गायक प्रकाश सपूत सहभागी हुने भएका छन् । बासका कार्यकारी निर्देशक समेत रहेका नेपालगन्ज वाकाथन कार्यक्रमका मूल संयोजक नमस्कार शाहसङ्गको भेटमा गायक सपुतले कार्यक्रममा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) हुने उक्त कार्यक्रममा गायक सपुतको उपस्थिती सुनिश्चित भएको हो । भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने तथा नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्धेश्यले पश्चिम नेपालमा पहिलो पटक हुन थालेको वाकाथनमा सपुतको सहभागिता रहने कुराले सबैलाई थप उत्साहित बनाएको बासले जनाएको छ ।

बासका कार्यकारी निर्देशक समेत रहेका नेपालगन्ज वाकाथन कार्यक्रमका मूल संयोजक नमस्कार शाहसङ्गको भेटमा गायक सपुतले कार्यक्रममा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पछिल्ला केही वर्ष नियमितजसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका कलाकारहरुको श्रेणीमा सपुत अग्रपंतिमा आउछन् । कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझाँ कार्यक्रमको रुपमा स्थापित गर्न यस क्षेत्रका सबै बर्ग र क्षेत्रको सहभागिता हुने गरी तयारीलाई तिब्रता दिइएको बासका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिएका छन् ।
आयोजकका अनुसार, भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने नाराका साथ आयोजना हुने कार्यक्रमले भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने अपेक्षा गरिएको छ ।