राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापा पार्टी अध्यक्ष पदमा हारेका छन् ।
राप्रपाको महामन्त्रीमा नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणा विजयी भएका छन् । डा. राणाले लिङ्देन प्यानलबाट नै महामन्त्री पदमा उम्मेदवारी दिएका थिए । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार धवल शम्शेर राणा २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् ।
शनिबार अबेर रातिसम्म भएको मतदानमा ३ हजार ८ सय ७३ मत खसेको थियो । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् । ४३१ मत बदर भएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिका समेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् ।
