नेपालगन्ज साइक्लिङ क्लबले ‘मन्दिर देखि मन्दिर सम्म’ साइकल यात्रा शुरु गरेको छ । त्यसक्रमममा शनिवार नेपालगन्जस्थित बागेश्वरी मन्दिर देखि नरैनापुरमा रहेको सन्तानेश्वर महादेव मन्दिरसम्मको एकदिवसीय साइकल यात्रा गरिएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिएका छन् ।

पहिलो दिन क्लब आबद्ध २० जना साइकल यात्रीको सहभागी रहे । बाँकेको धार्मिक पर्यटनको प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले अभियान थालिएको अध्यक्ष निरौलाको भनाइ छ । ‘बागेश्वरी मन्दिर देखि नरैनापुरमा रहेको सन्तानेश्वर, गोवर्धन धाम, बर्फानी बाबालाई जोडेर धार्मिक सर्कीट बनाउन सके बाँकेको धार्मिक पर्यटनमा थप टेवा पुग्ने थियो,’ निरौलाले अभियानबारे भने ।