
–साध्य ठिक भएपछि साधन जेजस्तो भएपनि हुन्छ । लक्ष किटान गर्नुपर्छ, पुग्ने तरिका खराबै भएपनि त्यसले परिणाम राम्रो निकाल्छ ।
–गलत तरिकाले पाएको सफलता दिगो होला र ! परिणाम आदर्श बन्न सक्छ !
–हतियार कस्को हुन्छ भनिँदैन्,जस्ले चलाउँछ मालिक त्यही हुन्छ । युद्दमा कसरी,को लड्यो भन्ने हुँदैन् लडाईं जित्यो कि जितेन ! भन्ने मात्र हुन्छ । जितारुका कथा युद्धका गाथा बन्छन् । कामको मुल्यांकन परिणामले गर्छ, तरिकाले हैन् । लडछ्न मुर्ख, पगरी गुथ्छन चंखेले । वैद्धिक कथामा योद्धा भनेर जय र पराजय दुवै खेमाका सेनापतिका नाममात्र हुन्छ, पछुवा त स्याल, गिद्धका आहारा मात्रै हुँन ।
– उफ,..योद्धा स्याल गिद्धका आहारा…छ्रया के भनेको .! अनि मित्रता र कमरेडीपना नि ?
– नांगो कुरा सुन्…शक्ति मजबुत गर्ने र भावनामा बग्ने ति जगेडा फौज मात्र हुँन । कसरी कुनबेला केलाइ उपयोग गर्न सकिन्छ, त्यस्को कला भने अगुवासंग हुनुपर्छ । तिम्रा योद्धा भनेका भाडाका सिपाही मात्रै हुन्, आवेगका पछुवा । मित्रता र साझेदार भने एकै खाले । उनको साथ तबसम्म हुन सक्छ, जबसम्म फाइदा दिन सक्छन् । जस्को उपयोगिता सकिन्छ तबपनि उसंग भावनामा बगेर जोडिनु भनेको मित्रता हैन्, मुर्खता हो । मरेकी आमालाई त घाटाँ लगेर पोल्नै पर्छ नि ….।
– सबैमान्छे स्वार्थी नै हुन्छन र ! के मित्रताको अर्थ फाइदासंग, उपयोगितासंग मात्रै निर्भर रहन्छ… त ? समाजमा त अनेकथरी मान्छेको भिन्नाभिन्नै हैसियत हुन्छन नि । कसरी मान्छेलाई आफनु अनुकूल बनाउने ?
– म सपनीमा बर्बराँउदै निन्द्रामा हिड्ने मान्छे हैन् यथार्थमा रमाउने कर्मवादी हुँ । तिमी जस्तो लहडी हुँदैहैन् । हावा निचोरेर पनि हित साधन गर्ने वाला हुँ । सबै मान्छेका आ–आफ्ना कमजोरी हुन्छन् । सबै एकैनासे हुँदैनन् । उसको मर्म कहाँ लुकेको छ ? पहिला चिन्नु पर्छ । त्यही कमजोर नसा समातेपछि उ पग्रन्छ,पग्लन्छ ।
– अझ थप व्याख्या….!
– कतिमय मान्छेलाई पैसा,पद र सम्मानले किन्न÷प्रभाव पार्न सकिन्छ । कतिपय मान्छे लोभले पग्लन्छन्, कतिपयलाई डरले काबुमा पार्नुपर्छ । कतिपयलाई प्रसंसामा उराल्नुपर्छ । केही मान्छेलाई बशमा पार्न भने भिन्नै युिक्त,बुद्धि लगाउनु पर्छ ।
– त्यो भनेको के हो ?
– सिद्धान्त,आदर्श,आन्दोलन, क्रान्ति भनेर समर्पित सपना देख्ने समाजमा एउटा भावुक तप्का हुन्छ । त्यसलाई लोभमा, डरमा,आवेगमा फसाउँन सकिँदैन । त्यस्तालाई उस्को खसो खास समर्थक, मिसनको भरपर्दो सहयोगी विश्वस्त बनाएर मात्र साखुल्ले हुनुपर्छ । केहीबेर पहिलासम्मको चट्टान बनेको मान्छे तुरुन्तै नौनीझै गलेर तिम्रो आफन्त दरिन सक्छ । तब उसंग कस्तै उपाय,पैसा र प्रलोभनले गराउँन नसकेको फाइदा लिन सक्छौं । कुन कला, कहाँ, कुन समयमा प्रयोग गर्ने मान्छेका क्षमता र पात्रका अवस्थाले किटान गर्छन् ।
४० को दशकमा उपरसेठसंग त्यस्ता संवाद भएका थिए । त्यो उन्का जीवन दर्शन र संस्कृति कालान्तरमा देखिँदै गए ।
दुर्गम कर्णालीका विद्यार्थीलाई छात्रबृति सरकारले दिन्थ्यो । त्यसै मध्यका जिम्वाल पुत्रले पनि अवसर पाएर उपरसेठ बन्दैखेरी वाम झुकाव राखे । राजनीतिक मन्च पहिचान र क्षमता अर्जाप्ने थलो विद्यार्थी संगठन हुन्थ्यो । यूवा जागरण र चेतको मन्च बन्थ्यो । उनले नाडी छाप्ने काम पुस्तौनी कला सिकेका थिए । आधुनिक कला प्रयोग व्यक्ति स्थान,परिवेश र समय अनुसार गर्दै गए । आदर्शको हतियार उनको मारको औजार बन्यो । कार्यालयले ठेक्कापट्टाको टेन्डर निकाल्थ्यो । गोप्य तरिकाले स्थानीय पत्रिकामा छपाएर ठेकदारसंग राम्रै आम्दानीको सिण्डिकेट बनाए । पत्रकार, हाकिम र नेता त्यस सिण्डिकेट सदस्य हुन्थे ।
आस्थाका भेगीय पार्टीलाई ०४६÷४७ औलामा नचाँउदै नेतालाई प्रभाव र कार्यकर्तालाइ पछुवा बनाउदै गए । जिल्लामा चुनावी टिकट उनकै सिफारिसमा चल्थ्यो । भावनामा चल्ने मूर्खहरुलाई प्रभाव पार्थे । एकपटक त उपरसेठले त्यस्र्तैमुर्ख’का घरमा कस्तुरीका बिना र चुवाँखुलु (हिमाली भेडाको उन) महिनांै लुकाएकामात्रै थिएनन् मोटरसाइकलले सीमा कटाएका रहेछन् । त्यस्र्ता मूर्खसंगको’ संगतमा उपदेयिताहीन भएपछिको व्ल्याक्मेलमा सुगरकोटेड प्वाइजनमा घोलेका रहेछन ।
दिन फेरिए,‘मुर्खहरुले’ जनयुद्ध घोषणा गरे, लागे । चतुर उपरसेठ भनक पाउने बित्तिकै थप अध्ययन भन्दै पताल अलप भए । अवस्था फेरिए,फर्केर आउने वित्तिकै ‘मुर्खका’ काँध चढ्दै फेरि अगुवालाई प्रभावित बनाउने कला प्रयोग गर्दै हेलिक्याप्टर झार्ने मिसायल आपूर्तिको व्यबस्थापन सपना देखाउन पुगे । भुक्तानी यार्चागुम्वा डकैतको नाटक रचियो ।
पुराना ठाउँ र अवस्थामा चतुरखेती सफल नहुँने भएपछि नयाँ मन्च र नयाँ मुर्गा आवश्यक हुन्थ्यो नै । तब उपरसेठ महा–गोज्जालो बन्दै चे–जर्सी र ले निकट दाह्रीमा झुल्किँदै नविन क्रान्ति गीत घन्काउन थालेछन् । फेरि ‘नयाँ मुर्गा’ विशेषज्ञ, रणनीतिकार,वौद्धिकताको उनलाई पगरी गुथाउन थाले । डकैत गर्न हिम्मत र बल मात्रभए पुग्छ तर चोरी गर्न दिमाग,कला चलाखी र साहस पनि चाहिन्छ । चतुरेहरु भने आवेग,आदर्श र सपनामा खेल्दै ‘मुर्खहरुलाई’ पछुवा बनाँउछन ।
शारीरिक पीडाभन्दा मानसिक पीडाले झन दुख्छ । आफनै विश्वासले आफैँलाई चिमोँट्दा मान्छे मुर्छा त हुन्छनै तर मानवताका घाइते भइरहेको वेला निजी बिलौनाका के नै अर्थ हुन्छ र ! आत्माको आक्रोश ओकल्न नसक्ने र समाधान पहिल्याउन भूभिका खेल्न नसक्ने मेरो युग र मिथ्या विश्वासमै बहुला भिडले डोरिइरहेको टुलुटुलु हेर्नु भिड सामनेका विवसता हुँने गर्छन् । जनयुद्धका धेरै चंखे उपरसेठहरुका चिहान खोतलिंने छैनन् । किन त्यस्ता शिकारी युगबाट उम्कन किन मेरा र हाम्रा आक्रोश छताछुल्ल हुँदैनन् ! पानीका फोका बनेर प्याट्टप्याट्ट फुट्ने गर्छन, मात्र !
‘मुर्खहरुले’ के सोचेको थिए ? अहिले के भइरहेको छ ? उनकै सोंच अनुसार समय र समाज हाकिन्छ भन्ने मिथ्या विश्वासलाई चंखे उपरसेठहरु हरेक कालखण्डमा शिकार गर्छन ।
एक साँझ म अनामनगरमा चुस्की लिँदै थिएँ । उपरसेठ टुप्लुक्क देखिए, भने– नरेन्द्र,..जाउँ आज पार्टीमा
–कस्को ? कुन उपलक्षमा ? मलाई त कसैको निम्तो छैन ।
–हैन क्या…. मलाई निम्त्याएका छन्, म पिउँदिन । आज ककटेल साँझ हो । ठूलठूला मान्छे आँउछन, जाउँ न ।’
उपरसेठका ४० वर्ष पहिलाका संवाद, चारदशकका व्यबहार, आदर्शलाई मिहीन तरिकाले नियालिरहेको मलाई त्यो व्यंग्य मात्रै थिएन, हेप्नुको चरम सीमा थियो । मेरो आन्दोलनमा सहभागिता, अवस्था र भूमिकालाई सफल मान्छेले असफल मान्छेलाई प्रहार थियो ।
केहीचतुर मान्छेहरु कसैलाई गरिएको सम्मानलाई पात्रको कमजोरी भनेर सोंच्छन । असल मान्छे आफ्नै उचाइ होच्याउने काम गर्छ्न । सामाजिक सम्पति हुनुपर्ने मान्छे चंखे र चतुरे बनेर आफ्नै स्वयं दुस्मन बन्छन । पात्र चिन्न नसक्नु र चाहिंदो भन्दा सम्मान गर्नु त स्वयको कम्जोरी हो । हेपाईलाई सहंदै जाँदा कुपात्रले मुखमा सुसू गरिदिन्छ । सम्मान र आफन्त त मौका र विश्वासका शिकारीलाई हैन् मान्छेलाई गरिनुपर्छ
– हरेक विषयको सीमा हुन्छ । तिमीलेचाहीँ आफैँ प्रति कति न्याय गरे उनी … ? कतै खाना र मैथुनकै लागी जीवन समर्पण गरेर अझै आदर्शको शिकार खोज्दै त छैनौँ ! जबसम्म लोभी र मुर्ख यस धर्तीमा रहन्छन्…तबसम्म ढुक्क रहुँ, तिमीहरुले पाउँछौ शिकार पाउँछौ ।