मंगलवार जिल्ला नेतृत्व छान्दै बाँके काँग्रेस

नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्वाचन कार्यक्रम अन्तर्गत मंसिर १४ गते मंगलबार जिल्ला नेतृत्वका लागि निर्वाचन हुने भएको छ । आइतबासम्म मतदान स्थल तय गरिसक्ने जिल्ला निर्वाचन समितिले सोमबार बिहान ९ बजेदेखी दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने निर्णय गरेको हो ।


जिल्ला निर्वाचन परिचालन समिति बाँकेको शनिवार बसेको बैठकले उक्त निर्णय गरेको समितिले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकृत (वरिष्ठ अधिवक्ता) रेवती रमण भट्टराईको अध्यक्षतामा भएको बैठकले नेपाली कांग्रेस बाँकेको जिल्ला निर्वाचनका विषयमा विभिन्न निर्णय गरेको जनाएको छ ।


बैठकले आइतवार जिल्ला निर्वाचन कार्यक्रम प्रारम्भ गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत(अधिवक्ता) चित्रबहादुर शाहीले जानकारी दिए । उक्त बैठकको निर्णय अनुसार आइतबार दिउँसो २ बजे मतदाता नामावली प्रकाशन र उम्मेदवारी फाराम वितरण कार्य सुरु गरिने छ । उनका अनुसार, मतदाता नामावली प्रकाशन र उम्मेदवारी फाराम नेपाली कांग्रेस बाँकेको कार्यालय नेपालगन्जमा गरिनेछ ।


उक्त बैठकमा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् जिल्ला निर्वाचन अधिकृत रेवती रमण भट्टराई, समितिका सह–संयोजक एवम् सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही तथा जिल्ला निर्वाचन परिचालन समितिका सदस्यहरु भोलासिंह हमाल, इश्वरीप्रसाद ज्ञवाली, बिरेन्द्र यादव, अर्जुन ओली, प्रकाश लामिछाने, ऋषिराज शर्मा, प्रभाकर भट्टराई, मेहरसिंह खत्री लगायत उपस्थित थिए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : अब जिल्लामा कसरत

प्रतिक्रिया

प्रतिक्रिया