नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका तीन वटा प्रतिनिधी सभा क्षेत्रमा आज विहीवार मतदान गरिदैछ । नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा उम्मेदवारी मनोनयनकै क्रममा बुधवार क्षेत्र नम्बर ३ मा भने क्षेत्रीय सभापतिसहित केही पदमा निर्विरोध भएको छ ।

क्षेत्र नम्बर ३ को सभापतिमा नक्की खाँ निर्विरोध निर्वाचित भएको मतदान अधिकृत विरेन्द्र यादवले जानकारी दिएका छन्। यस्तै क्षेत्रीय कार्यसमितितर्फ मुस्लिम महिला, जनजाती, मधेसी, थारु र खसआर्य सदस्य पदमा निर्विरोध भएका छन् ।

नक्की खाँ
निर्विरोध निर्वाचित
क्षेत्रीय सभापति, क्षेत्र न. ३, बाँके
महाधिवेशन प्रतिनिधीमा मुस्लिम महिला निर्विरोध भएको जानकारी दिंदै मतदान अधिकृत यादवले दलित महिला महाधिवेशन प्रतिनिधीमा आशा बिक, खस आर्य कोटामा महाधिवेशन प्रतिनिधी युवराज शर्मा, कुँवर ववन सिंह लगायत निर्विरोध भएको जानकारी दिए। क्षेत्रीय सचिव, सहसचिव, खुल्ला कार्यसमिति सदस्य र खुल्ला महाधिवेशन प्रतिनिधी लगायत पदका लागि बिहीबार मतदान हुने भएको हो ।
यस्तै क्षेत्र नम्बर १ का मतदान अधिकृत मेहरसिंह खत्रीका अनुसार सभापति पदमा पोषण केसी र माधवराम खत्री (ढकाल) , सचिवमा खुम बस्नेत, जयश्वर पौडेल, बजारु थारु र लालबहादुर राना तथा सहसचिवमा दिपेन्द्र उप्रेती, देवनारायण काफ्ले, रामबहादुर रावत र हरिशंकर पाण्डेको उम्मेदवारी दिएका छन् ।

२४ जनाको कार्यसमितिमा ४८ र २५ जनाको महाधिवेशन प्रतिनिधी पदमा ५० जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत खत्रीले जानकारी दिए । कोहलपुरस्थित भेरी सितभण्डारमा बिहान ९ बजेबाट मतदान केन्द्र बनाइएको छ ।
यसैगरी क्षेत्र नम्बर २ मा सभापति पदमा रमेशकुमार गुप्ता र विरेन्द्र बहादुर शाह प्यानलसहित भिडेका छन् । सचिवमा आशिस वर्मा, प्रदिप साहु, बुद्धिसागर सुवेदी र सुनिलसिंह हमालले उम्मेदवारी दिएका छन् । मतदान अधिकृत गोपाल गिरीले दिएको जानकारी अनुसार, सहसचिवमा ओमप्रकाश चौहान, तरुण बज्राचार्य, रमेश तिमिल्सिना र सविर खाँले उम्मेदवारी दिएका छन् ।

