दुर्व्यसनी विरुद्ध ब्याडमिन्टन

बाँके जिल्ला ब्याडमिन्टन संघले लागुऔषध दुर्व्यसनी विरुद्धको सन्देश प्रवाह गर्न जिल्ला स्तरीय मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ ।

मंगलबार औपचारिक कार्यक्रम बीच बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रतियोगिताको उद्घाटन गरे । ‘खेलकुदले युवाहरुलाई दुर्व्यसनी विरुद्ध लाग्न प्रेरित गर्छ’, प्रहरी उपरीक्षक अधिकारीले भने ।

सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेसँगको संयुक्त आयोजनामा भएको दुई दिनसम्म चल्ने प्रतियोगिता जिल्ला ब्याडमिन्टन संघले विशेषत लागुऔषध उपचार तथा पुनस्र्थापना केन्द्रमा रहेका युवाहरुलाई लक्षित गरी गरिएको हो । ‘जीवनलाई सुधार्न चाहिरहेका युवाहरुलाई खेलकुदका माध्यमबाट सुदृढ गर्दै अगाडि बढाउने हाम्रो प्रयास हो’, बाँके जिल्ला ब्याडमिन्टन संघका जिल्ला अध्यक्ष सञ्जय थापाले भने । उनका अनुसार, संघले बर्षेनी यसखालको आयोजना गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके, लागु औषध नियन्त्रण ब्यूरो, पुनस्र्थापना केन्द्र समूह र सडक डिभिजन कार्यालय बाँकेले आयोजनाको प्रवद्र्धनका लागि सहयोग गरेको अध्यक्ष थापाको भनाइ छ । प्रतियोगितामा विभिन्न पुनस्र्थापना केन्द्रका ११ वटा टिम प्रतिस्पर्धा गरिरहेका छन् भने १३ वटा टिम मेन्स डबल र १७ टिम मेन्स सिंगल भिडिरहेको आयोजक बाँके जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।

उद्घाटन कार्यक्रमको अध्यक्षता प्रतियोगिताको सहआयोजक सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका अध्यक्ष दिपेन्द्र कुमार जोशीको अध्यक्षतामा भएको थियो भने ब्याडमिन्टन संघका जयदेव अवस्थीले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया