डेढ करोडको अबैध चरस सहित नेपाली पक्राउ

एक जना नेपाली युवालाई सीमावर्ती रुपैडिहा बजारबाट भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय प्रहरीको टोलीले पक्राउ गरेको छ ।

भारतीय पत्रकार सन्तोष शुक्लका अनुसार, ४ किलो १ सय ५० ग्राम चरेस सहित पक्राउ परेका भनिएका कैलाली चटकपुरका सुभाष विश्वकर्मालाई अवैध लागुऔषध सम्बन्धी कानुनी कारवाहीका लागि अदालत पठाइसकिएको छ ।

प्रहरीले नेपाली युवासँग बरामद भएको चरेसको मूल्य भारतीय रुपैयाँ १ करोड ५० लाख बराबर भएको जनाएको छ । नेपालबाट भारततर्फ जाँदै गरेका नेपाली युवालाई दसगजाको ६५२/१४ सीमा स्तम्भ नजिकबाट आइतबार राती साढे ११ बजे पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया