वाणिज्य बैंक कसरी जोडियो नेपालगन्ज म्याराथनसँग ?

यो राष्ट्रिय वाणिज्य बैंक, सरकारी बैंक हो । २०५९÷०६० तिर वित्तीय क्षेत्र सुधार कार्यक्रम लागु भयो । म्यानेजमेन्टमा विदेशी सहभागी थिए । ब्रुस एफ हेन्डरसन भन्ने तत्कालीन सिइओले काठमाडौंमै म्याराथन स्टार्ट गरे । विभिन्न देशका म्याराथन हुने गरेको छ । त्यसैले माइलेजका लागि पनि राष्ट्रिय वाणिज्य बैंक आफैले म्याराथनको आयोजना गर्यो । २०६०÷०६१ तिर हो, त्यसको तीन, चार बर्ष म्याराथन रह्यो । बीचमा विभिन्न कारणले रोकियो ।

नेपालगन्ज म्याराथनले चौथो संस्करण तिर स्पोन्सरशीप खोजेको जानकारी भयो । मैले पाटर्नरशीप गरौं भनेर प्लान गरियो । म पनि खेलकुदमा रुचि राख्ने भएकाले मलाई पनि सजिलो भयो । नेपालगन्ज म्याराथनसँग सहकार्य भयो ।

मुख्य कुरा बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरु गर्दछन् । खेलकुद, पर्यटन क्षेत्रमा सपोर्ट गरिरहेका हुन्छन् । हामीलाई त्यस्ता एरिया चाहिन्छ । हामी बैंक भएकाले सबै प्लानिङ गरेर गर्न गाह्रो पर्दछ । सेवा र व्यवसाय दुवै जोडिएको हुन्छ । त्यसैले कुनै रेडिमेड खालको कार्यक्रम आयो भने सहभागिता जनाउँछौं ।

बैंक तथा वित्तीय संस्थाले कसरी माइलेज लिन सक्छन् ?

मज्जाले लिन सक्छन् । हाम्रो बैंकको लोगो ७/८ कक्षामा पढ्ने विद्यार्थीदेखि भेट्रानहरुले कर्पोरेट दौडमा देख्नेछन् । कुन कुन स्पोन्सरशीप छ भन्ने थाहा हुन्छ । दिमागमा एउटा फ्रेम बस्छ । र, उनीहरु कालान्तरमा गएर हामीसँग लिंकअप हुन्छन् । मेरै एरियामा इभेन्ट भैरहँदा किन सपोर्ट नगर्ने भन्ने पनि हो । त्यो भावनाले खेलकुदलाई प्रमोट गर्छ, खेलाडीलाई सपोर्ट हुन्छ ।

यसखालका इभेन्टहरुलाई आर्थिक ढंगबाट कसरी जोड्न सकिन्छ ?

यस्तै खालको भन्ने ठ्याक्कै त छैन । तर, खेलमै क्यारियर बनाउन चाहनेलाई स्कुलिङ गर्ने, त्यो क्षेत्रमा एडभोकेसी गर्ने, खेलकुदमा पनि विभिन्न विजनेश जोडिएको हुन्छ नि !

यसखालका इभेन्टले महानगरीयात्रालाई सघाउँछ ? कि कसरी जानुपर्दछ ?

यो त कस्तो हो भने जति धेरै यस्ता इभेन्टहरु हुन्छन् नि त्यो नेपालगन्जलाई हेर्ने दृष्टिकोणमा फरक आउँछ । नेपालगन्ज औद्योगिक तथा व्यापारिक नगरी हो । साविक मध्य र सुदूरको आर्थिक केन्द्र पनि हो । हाम्रा बैंक तथा वित्तीय संस्था सबै यहाँ उपस्थित छन् । आर्थिक महानगरका लागि यसखालका गतिविधिले सहयोग पुर्याउछ नि ।

नेपालगन्ज म्याराथनलाई कसरी लैजाँदा उचाई दिन सकिन्छ ?

मोफसलमा एक जनाको व्यक्तिगत प्रयासमा सुरु भएको हो यो । निकै राम्रो प्रयास हो । यसलाई दीर्घकालीन र व्यापक बनाउन संस्थागत रुपमा लानसक्ने खालको मेकानिज्म आवश्यक छ । उपमहानगरपालिका हुनसक्छ, प्रदेश सरकार हुनसक्छ, खेलकुदमा लागेका संघ, संस्था हुनसक्छ लाग्नुपर्छ । नेपालगन्जमा मात्रै नभइ यसलाई त्यो मात्रै नभई यो इन्डो नेपाल पनि गर्न सकिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया