तपाई कसरी म्याराथनसँग जोडिनु भयो ?

यो हाम्रो सामाजिक योगदान अन्तर्गतको काम हो । स्थानीयस्तरमा जुमा कप फुटबलसँग जोडिएका छौं, धारा नेपालगन्ज म्याराथनसँग निरन्तर जोडिएर जाने सोंच बनाएका छौं । आयोजना राम्रो ह्ुँदै गयो भने अरु प्रतियोगिता पनि हुँदै जान्छन्, अरु उद्योगहरु पनि जोडिंदै जान्छन् र खेलको वातावरण राम्रो हुँदै जान्छ । चित्त बुझ्दो प्रस्तावसहित आयोजकको उद्देश्यसँग हाम्रो चाहना अनि आवश्यकता मेल खाएपछि सहकार्य भयो ।

खेलकुदको विकासमा निजी क्षेत्रको भूमिका कस्तो हुनुपर्ला ?
खेलकुदको विकास हुँदा धेरैतिर प्रभाव पार्छ । निजी क्षेत्रले सामाजिक क्षेत्रमा योगदान पुर्याइरहँदा खेलकुद एउटा महत्वपूर्ण पाटो बन्नुपर्छ । स्पोर्टस्मा अगाडि बढ्न ®ाष्ट्रिय, अन्तर्®ाष्ट्रिय स्त®का प्रतियोगिताहरू हुनुपर्छ । त्यसको अमाहोल बनाउन स्थानीयस्तरमा प्रतियोगिता आयोजना गरि प्रतिभाको खोजी हुनुपर्छ, त्यहाँ स्थानीय उद्योगी व्यवसायीले साझेदारी गर्न सक्छन् । तर, जबसम्म ठूला उद्योग आउँदैनन् । तबसम्म स्पोर्टस्लाई उद्योगहरूले सपोर्ट गर्ने भन्ने कु®ा दीर्घकालीन हुन सक्दैन । विदेशमा हेर्छौ भने क्लबहरू नि®न्त® चलेका हुन्छन् कर्पो®ेट क्षेत्रको सपोर्टमा छ । त्यसको ब्राण्ड ® मार्केट दुवै भ्यालु हुन्छ । हामी कहाँ त्यो कल्च® डेभलप भएको छैन ।

सरकारी स्तरबाट पनि निरन्तर खेलगतिविधि हुनुपर्छ । जब आठौं ®ाष्ट्रिय खेलकुद भयो यहाँ क®ोडौंका भौतिक सामाग्री निर्माण भए । साफको फुटबल हुँदा मध्य ® सुदू®मा कुनै पनि इभेन्ट ®ाखिएन । ®ाख्नुपथ्र्यो नि । स®का®ी नीति पनि हुनुपर्छ नियमित खेलका गतिविधिलाई । हामी यहाँबाट सफल खेलाडीलाई वर्षभरिनै प्रशिक्षण दिएर अन्तर्राष्ट्रिय प्रतियोगितामा जान सकुन भन्ने चाहन्छौं । त्यसतर्फ हाम्रो सहयोगका लागि पहल पनि गरिरहेका छौं ।

नेपालगन्जलाई महानगर बनाउने भनिएको छ । त्यसमा यस्ता खालका इभेन्टको अर्थ कत्तिको रहन्छ ?
यसखालका इभेन्टले अर्थ त राख्छ । यो म्याराथन ले उचाई प्राप्त गरेको छ । आज सातौं संस्करण आएको छ । गत बर्ष ओलम्पिकका लागि छनोट हुँदा खेरी यो म्याराथनलाई छनोटको केन्द्र बनाइसकेपछि अन्तर्राष्ट्रियकरण गर्नका लागि केही सरकारी तवरबाट पनि, केही चाहिँ एथलेक्टिक सम्बन्धी संघ, संस्था भनौं सम्बन्धित खेल संस्थाले पनि चासो लिनु पर्दछ । त्यो नभई अन्तर्राष्ट्रिय स्तरको मान्यता पाउँदैन ।
नेपालगन्जमा रुट नाप्ने काम नभएसम्म अन्तर्राष्ट्रिय स्तरको मान्यता पाउँदैन । त्यो काम पनि सँगसँगै गर्दै जानु पर्दछ । नेपालगन्जको रुट अन्त भन्दा राम्रो बाटो भएको मलाई लाग्छ । यो सोझोबाटो भएकाले म्याराथनका लागि राम्रो छ । धावकले दौडदा पाउने वातावरण यो बाटोमा पाउँछ जस्तो लाग्दछ मलाई । यो रुटले अन्तर्राष्ट्रिय मान्यता पाएपछि इभेन्ट भ्यालु बढ्दै जाँदा महानगरका लागि ठुलो उपलब्धी र आकर्षणको माध्यम बन्छ ।

कर्पोरेट हाउसले यो खालको यसखालका इभेन्ट गर्ने वातावरण कसरी सिर्जना हुन्छ ? के ले रोकेको छ ?
यो अलि फरक खालको प्रश्न पर्यो । निजी क्षेत्रको कार्यक्रममा नभएको पनि हुनसक्छ । इभेन्टहरु भै नै रहेको हुन्छ । यो दुई पक्ष बीचको सम्झौता पनि हो ।
सबैले आआफ्नो जिम्मेवारीको काम गर्यो भने प्रोत्साहन पुग्दछ । यस ठाउँका खेलाडीहरुको नाम राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा जान्छ । सहरको नाम पनि जोडिन्छ । यसले सरकारको ध्यान पनि पुग्छ । खेलाडीहरुका लागि पनि अवसर सिर्जना हुन्छ ।
कर्पोरेट क्षेत्रका कुनैले कुनै, कुनैले कुनै इभेन्टमा सपोर्ट गरिदियो भने खेल क्षेत्रलाई प्रोत्साहन पुग्छ ।


खेलको विकास हुँदा उद्योगलाई के लाभ पुग्छ ?
धारा म्याराथनसँग जोडियो । धाराको नारा छ, मुटु चाहिन्छ मुटु । म्याराथन ४२.६ किलोमिटर दौडनका लागि पनि सानोतिनो काम होइन, त्यसलाई दौडन पनि मुटु चाहिन्छ । हाम्रो श्लोगन पनि मिल्यो । अरु प्रोडक्टको पनि श्लोगन मिल्न सक्छ ।
आज जित्यो भने उसको मुटु बलियो थियो पनि भनिन्छ । मुटु बलियो बनाउन एउटा धारा अर्थात् तेल पनि पार्ट हुनसक्छ त्यसमा । धारा तोरीको तेलको पार्ट पनि रहेछ भनेर उद्योगको बिक्री वितरण, विश्वासमा फरक आउँछ ।
उद्योगहरुले खेलको विकासमा आफुलाई जोड्न सक्छन् । कम्पनीको श्लोगन अनुसार कुनै न कुनै प्रोडक्टसँग मिल्छ । त्यसैले आयोजकले पनि उद्योगहरुलाई त्यो बुझाउन सक्नु पर्दछ ।

उद्योगपतिका हिसाबले नेपालगन्ज महानगर बन्न के के आवश्यक होला ?
महानगरको अवधारणा विकासका लागि आएको हो । आज कोहलपुरमा कुनै अफिस होला, यहाँ कुनै अफिस होला । यहाँ ५ किलोमिटरमा खजुरा छ । त्यहाँको विकास अहिले छरिएर रहेको छ । महानगरभएपछि एक ठाउँमा भएर जान्छ । त्यसको उपयोगिता हुन्छ । जस्तो १ सय तीन ठाउँमा बाँड्दा कुनै कुरा बन्न समय लाग्छ । सय रुपैया एक ठाउँमा हुने हो भने त्यसले एउटा कुरा त बन्छ ।
महानगरको अवधारणा सानो क्षेत्रमा छरिएका स्थानीय तहलाई जोडियो भने पूर्वाधार विकासमा सकारात्मक प्रभाव पर्दछ । सरकारले पनि त्यहाँ लगानी गर्न बाध्य हुन्छ ।

नेपालगन्जको विकासका लागि अपेक्षा ?
स®का®ले गर्ने भनेको पूर्वाधा®को विकास हो । सडक, उद्योगको लागि आवश्यक लेब®को प्रशिक्षण, विद्युत, खानेपानी, जग्गा हुनुपर्छ । त्यो बिना कुनै पनि उद्योग फष्टाउन सक्दैन । अहिले जग्गा यति महंगो भएको छ। कुनै पनि उद्योग लगाउन जग्गामै थुप्रो खर्च हुन्छ । स®का®ले जग्गा बैंक बनाओस् जहाँ स®का®ले तोकेको मूल्य ति®े® उद्योग स्थापना गर्न सकियोस् । विद्युत तथा सडकको व्यवस्था ग®ियोस् । पूर्वाधा®हरू भयो भने उद्योग स्थापना हुनसक्छन्।

प्रतिक्रिया

प्रतिक्रिया