टकसारलाई कसरी चिनाउनु हुन्छ ?
टकसार भनेको नेपालगन्जका लब्ध प्रतिष्ठित व्यक्तिहरुले नेतृत्व गरेको संस्था हो । यसका प्रमोटरहरु सहकारी सँगसँगै अन्य व्यवसायिक पृष्ठभूमि पनि भएको हुँदा अरु भन्दा विश्वसनीय संस्था हो । त्यही विश्वासका आधारमा हामी सफल ढंगले अगाडी बढेका छौं, लगानीकर्ताले विश्वास गरिरहनु भएको छ । त्यही विश्वास हाम्रो उर्जा हो ।
कोभिडको मारबीच पनि कसरी एचिभमेन्ट सम्भव भइरहेको छ ?
कोभिडले एक, दुई महिना असर त गर्यो नै । बैशाखदेखि असारसम्म अलिकति गाह्रो नै भयो । तरपनि एउटा दक्ष व्यवस्थापन, दक्ष कर्मचारी र अग्रज नेतृत्वको कारणले हामीलाई त्यति कठिनाई चाही भएन ।
कोभिड अगाडि नै हामी तयार थियौं । जसले गर्दा कोभिडबाट सहकारीमा पर्ने असरलाई कम गर्यौं । बचत, ऋण, शेयर सबैमा पहिलो भन्दा दोब्बर भैसकेको छ । कारोबार दोब्बर बनाउँदै लैजाने योजना छ ।
हामी प्रविधिमा गएका छौं । र, हामीले पारदर्शी बनाउन एसएमएस सिष्टम लागु गर्यौं । पुस महिना भित्र मोबाइल बैकिङको तयारी रहेको छ ।
सहकारीले उत्पादनमा लगानी गरेन भनिन्छ, किन हो ?
मागले गर्दा पनि त्यसो भएको हो । हामीसँग जोडिएको भनेको यहाँका स्थानीय व्यवसायी नै हुन् । हाम्रो कार्यक्षेत्र भित्र स्थानीय व्यापारी नै भएको कारणले त्यसमा लगानी गरेको हो । सुरक्षाको दृष्टिकोणले पनि उत्पादनमा अलिकति जोखिमपूर्ण नै छ । जोखिम हुँदैमा लगानी गर्दै नगर्ने भन्ने त होइन । माग नआउँदा पनि उत्पादनमा लगानी नभएको हो ।
अनुभवका आधारमा कुरा गर्दा अप्ठ्यारा के छन् सहकारी क्षेत्रमा ?
सहकारी क्षेत्रमा अन्य क्षेत्रमा जस्तै नीतिगत समस्या त छ । त्यसका बावजुद पनि टकसारलाई नीतिगत समस्या भने अहिलेसम्म केही भएको छैन । हामीले हालको नियम बमोजिम नै सहकारी सञ्चालन गरिरहेका छौं । सहकारीका पनि सीमा छन् ।
अहिलेको अवस्था के हो टकसारको ?
गत दुई आ.व.लाई तुलना गर्ने हो भने शेयर लगानी, बचत लगायत हेर्दा हामी शतप्रतिशत माथि छौं । हामी एग्रेसिभ फ्लोमा रहेका छौं । मुनाफा हेर्ने हो भने गत बर्षको तुलनामा ५३ प्रतिशत मुनाफा वृद्धि भएको छ । अहिले हेर्ने हो भने हामीसँग अहिले झण्डै साढे ९ करोडको पोर्टफोलियो भएको छ । जुन गतबर्षको हेर्ने हो भने १ सय ४२ प्रतिशतले बढी हो ।
अन्त्यमा,
सबै कुरा राम्रो छ । सदस्यहरु आशातीत बढिरहेका छन् । मुनाफा पनि राम्रो छ । सहकारीले एक किसिमले फड्को मारेको छ । दुई बर्षमा हामी लिडर सहकारीका रुपमा स्थापित हुन सक्छौं ।