समिरको एमओसी १८ औं बर्षमा

नेपालगन्जका पत्रकार समिरमान श्रेष्ठले सञ्चालन गर्दै आएको रेडियो कार्यक्रम एमओसी रिलोडेडले १७ औं बर्ष पूरा गरी १८ औं बर्ष प्रवेश गरेको छ । कार्यक्रमका सञ्चालक श्रेष्ठका अनुसार, २०६१ साल मंसिर ३ गतेदेखि सुरु गरिएको एमओसी रिलोडेडले १७ बर्ष पूरा गरिरहँदा ५ हजार १ सय ३ श्रृंखला पूरा गरेको छ ।

‘अहिले यो कार्यक्रम रेडियो बागेश्वरी एफएम ९४.६ मेगाहर्जबाट आइतबारदेखि बिहीबार राती प्रसारण भैरहेको छ’, पत्रकार श्रेष्ठले उत्साहजनक ५ हजार १ सय ३ श्रृंखला पूरा गरेको खुशीयाली सुनाउँदै भने, ‘६.३५ देखि ८ बजेसम्म प्रसारण हुने यो कार्यक्रमका स्रोतासँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया पनि गरिरहेको हुन्छु ।’

प्रतिक्रिया

प्रतिक्रिया