नेपालगन्जमा नेकपा एमाले अध्यक्ष केपी ओली, कार्यकर्ता बढाउँदै एमाले

नेकपा एमाले केन्द्रीय अध्यक्ष केपी ओली आज नेपालगन्ज आइपुगेका छन् ।

बाँकेमा ३ हजार बढी विभिन्न पार्टीका व्यक्ति एमाले प्रवेश गर्ने भएपछि पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली औपचारिक स्वागत कार्यक्रमका लागि नेपालगन्ज आइपुगेका हुन् । उनलाई जिल्ला पार्टी नेताहरुले केही बेर अघि नेपालगन्ज विमानस्थलमा स्वागत गरे ।

नेपालगन्ज विमानस्थलबाट कार्यक्रमस्थलका लागि निस्कँदै गरेका अध्यक्ष ओलीको स्वागतमा कार्यकर्ता । (तस्विरः हारुन कबिर/दैनिक नेपालगन्ज)

सुर्य चिन्हबाट विगतमा निर्वाचनमा होमिएका पशुपति दयाल मिश्र सहितका नेताहरु एमाले प्रवेश गर्न लागेका हुन् । मिश्रसँगै साविकको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजा प्रसाद पाठक लगायतकाहरु एमाले प्रवेश गर्न लागेका हुन् । उनको स्वागतमा नेपालगन्जका विभिन्न चोकचोकमा स्वागतका लागि कार्यकर्ताहरु व्यानरसहित बसेका देखिन्छन् ।

नेपालगन्ज विमानस्थलबाट कार्यक्रमस्थलका लागि निस्कँदै गरेका अध्यक्ष ओलीको स्वागतमा कार्यकर्ता । (तस्विरः हारुन कबिर/दैनिक नेपालगन्ज)
नेपालगन्ज विमानस्थलबाट कार्यक्रमस्थलका लागि निस्कँदै गरेका अध्यक्ष ओलीको स्वागतमा जिल्ला पार्टी नेताहरु ।

प्रतिक्रिया

प्रतिक्रिया