वसन्त गौतम
नेपाल वार एशोसिएसनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर जवराले राजीनामा नदिएसम्म बारको आन्दोलन नरोकिने बताएका छन् । बारेले गरेको नेपालगन्जमा गरेको बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले न्यायपालिकामा रहेको विकृति र बिसंगतिको अन्त्यको सुरुवात प्रधान न्यायधीशको राजीनामा भएको बताए । प्रधान न्यायाधीशले बोलाएको बार्तामा बार नजाने भन्दै श्रेष्ठले न्यायालयमा शुद्धीकरण आवश्यक रहेको बताएका थिए ।
नेपालगन्ज उच्च अदालत परिसरमा भएको बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता श्याम गौतमले बिकृतीको जड प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर जवरा भएकाले राजीनामा दिएर सहज निकासा दिनु पर्ने बताएका थिए ।

नेपाल वार एशोसिएसनको अह्वान गरेको आन्दोलनलाई ऐक्यवद्धता जनाउदै बाँकेका कानुन ब्यवशायीले तेस्रोे दिन पनि नेपालगन्जमा बिरोध प्रदर्शन गरेका थिए । न्यायपालिकाको बिकृति, बिसंगति र भ्रष्टाचार बिरुद्ध नेपाल बार एशोसिएनले आइतवार देखि देशै भरि आन्दोलन थालेको छ । यस क्रममा तेस्रो दिनमा हातमा कालो पट्टी बाँधेर बिरोध प्रदर्शनमा उक्रिएका थिए । बार भवनबाट निस्कीएको कानून ब्यवसायीहरुको बिरोध प्रदर्शनमा बार एशोसिएसनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता श्याम गौतम, नेवाएका पूर्व उपाध्यक्ष टिकाजंग सिंह, वरिष्ठ अधिवक्ता, नेपालगन्ज उच्च बारका अध्यक्ष शिव कुमार श्रेष्ठ, सचिव पदम पाण्डे, जिल्ला बार अध्यक्ष जनक बहादुर शाही, उच्च बारका पुर्व अध्यक्षहरु, धु्रव बश्याल, लोक बहादुर शाह, सुरेश पौडेल, इश्वरी प्रसाद ज्ञवाली, बल बहादुर चन्द, अधिवक्ता बासुदेश ज्ञवाली, गणेश शर्मा, कुसुमा सुवेदी, पवन पुप्ता, तिर्थराज ज्ञवाली लगायत सहभागी थिए ।
मंगलबार भएको विरोध प्रदर्शन बाँके जिल्ला बार र नेपालगन्ज उच्च बारले संयुक्त रुपमा आयोजना गरेका थिए । नेपालगन्ज उच्च बारका सचिव पदम पाण्डेले सञ्चालन गरेको बिरोध कार्यक्रममा नेपाल बार एशोसिएसनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, पुर्व उपाध्यक्ष टिकाजंग सिंह, नेपालगन्ज उच्च बारका अध्यक्ष शिव कुमार श्रेष्ठ लगायतले सम्बोधन गर्दै न्यायपालिकाको बिकृति, बिसंगति र भ्रष्टाचार अन्त्य हुनु पर्ने न्यायालको शुद्धिकरण हुनु पर्नेमा जोड दिएका थिए ।
बार भवनबाट निस्किएको कानून ब्यवसायीहरुको बिरोध प्रदर्शन बाँके जिल्ला अदालत हुँदै उच्च अदालत तुल्सीपुर नेपालगंज इजलास परिसरमा पुगेर समापन भएको थियो । हातमा कालो पट्टी बाँधेर बिरोध प्रदर्शनमा उत्रिएका कानून ब्यवशायीहरु न्यायापालिकाको शुद्धिकरणका लागि बिरोध प्रदर्शन गर्नु परेको बताएका थिए । कार्तिक २८ गते देखि २९ गते सम्म बिहान १० ः ३० बजे देखि बिहान ११ ः ३० बजे एक घण्टा बिरोध प्रदर्शन गरेका थिए । नेपाल बार एशोसिएनका पुर्व उपाध्यक्ष टिकाजंग सिंहले न्यायालयमा बिकृति र बिसंगति अन्त्यका लागि न्यायाधीश हरिकृष्ण कार्कीको समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुनु पर्ने बताए ।