घर वा कार्यालयमा अत्याधुनिक फर्निचर प्रयोगको प्रचलन बढ्दै जाँदा नेपालगन्जमा अम्बे फर्निसिङ्गले अन्तर्राष्ट्रियस्तरको प्रख्यात ब्राण्ड ‘भि–बन अर्गानोमिक्स कुर्सीको ‘एक्सक्लुसिव शो–रुम’ शनिबारबाट सञ्चालनमा ल्याएको छ ।
दुई दशकदेखि फर्निसिङका लागि प्रतिष्ठित ब्राण्ड बनिरहेको सुर्खेत रोडस्थित अम्बे फर्निसिङ गार्डेनमा शनिवार ‘एक्सक्लुसिव शो–रुम’को शुभारम्भ गरिएको अम्बेका प्रवन्ध निर्देशक पंकजकुमार श्रेष्ठले जानकारी दिए ।

औपचारिक कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, पत्रकार झलक गैरे र डा. नविन बुढाथोकीले बोलेका थिए ।
अम्बेका अनुसार, शोरुमबाट ७ हजार ८ सयदेखि एक लाख २९ हजार ८ सय रुपैयाँ मूल्यसम्मका विभिन्न १८ भेराइटीका कुर्ची शो–रुमबाट विक्री गरिंदैछ ।

नेपालमा ३२ वटा डिलरबाट विक्री वितरण भइरहेको भि–बन कुर्चीका लागि नेपालगन्जमा निकै आकर्षण देखिएपछि पहिलो ‘एक्सक्लुसिव शो–रुम’ सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । १४ वटा काठमाडौं उपत्यका र १८ वटा उपत्यका बाहिरका विभिन्न सहरमा भि–बनका डिलरबाट कुर्सी बिक्री भइरहेको छ । सिंगापुरमा कर्पोरेट कार्यालय स्थापना गरेर विश्वका १२३ देशमा कुर्सीको व्यापार गरिरहेको भि–बन नेपालगन्जमा निकै रुचाइएकोले छिट्टै कम्पनीले ‘सर्भिस सेन्टर’ समेत खोल्ने जनाएको छ ।
