जुसको बट्टाभित्र लागुऔषध लुकाएर ल्याउँदै गर्दा बाँके प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । भारतीय बजार रुपैडिहाबाट लागुऔषध कोरेक्स र नाइट्रोभेट नामक लागुऔषध सहित प्रहरीले सुर्खेतका बबिन शाहीलाई शुक्रवार पक्राउ गरेको हो ।

बाँके प्रहरीले ३० वर्षीय शाहीलाई आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।
जमुनाह नजिकबाट शाहीलाई दुई लिटर कोरेक्स र १५ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको जानकारी दिंदै बाँके प्रहरीले ३० वर्षीय शाहीलाई आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।
शाही लागुऔषध कोरेक्स र नाइट्रोभेट ट्याब्लेट लिएर रुपैडिहाबाट पैदल नेपालगन्ज प्रवेश गरेका बेला प्रहरीले आशंका गरेको थियो । उनले एक हातमा ५ किलो चिनी र अर्को हातमा जुसको बट्टा बोकेर आइरहेको जमुनाह प्रहरीका इन्चार्ज मिनबहादुर विष्टको भनाइ छ ।