बाँके स्थित बालसुधार गृहमा रहेका बालकहरु छाला रोगको संक्रमणले हैरान भएका छन् । पटक पटक बल्झिरहने छाला रोगका कारण उनीहरु पीडित बनेका हुन । सुधार गृहसंग उपचारका लागि प्रर्याप्त बजेट नभए पछि उनीहरु सहयोगको पखाईमा रहेका हुन् ।
यसै बिच एडभोकेसी फोरम स्वास्थ्यपेज अनलाइन, स्वास्थ्य ब्यवसायी संघ बाँकेका महासचिव जिवन शर्माको समन्वय र सहकार्यमा सुधार गृहले तत्काल राहत स्वरुपमा आईतबार ५८ जना संक्रमित बालकहरुलाई छाला सम्बन्धी रोगको औषधी बितरण गरिएको हो ।
दाद, लुतो, एलर्जी लगायतका मास फंगस किटाणु फैलिएका कारण त्यहाँ रहेका १६६ बालकहरु मध्ये ५८ जना बालकहरु छाला रोगको संक्रमणले पीडित भएका छन् । यो सहयोग क्षणिक भएकोले दिर्घकालिन समस्या समाधानका लागि, सरसफाई लगयतका सुधार गृह ब्यवस्थापनमा आवश्यक सुधार हुनुका साथै बृहत स्वस्थ्य शिविर राखी औषधी उपचारको आवश्यकता देखिएको अधिवक्ता बसन्त गौतमले बताए । अस्पताल र स्वास्थ्य संस्थाहरुले सामाजिक उत्तरदायित्व बहन गर्दै बालकहरुको उपचारमा ध्यान दिनु पर्ने गौतमले बताए ।
औषधी बितरणमा सुधार गृह पुगेका नेपाल स्वास्थ्य ब्यवशायी संघ बाँकेका महासचिव जिवन शर्माले दाद, लुतो, एलर्जी इन्फेक्सन, मास एक्जेमा फंगस किटाणुको संक्रमण फैलिएका कारण बालकहरुमा छाला रोगको समस्या देखिएको बताए । सरसफाईको कमी, कपडाको कमी, जनचेतनाको कमी, पानीको खरावी, अनावश्यक सावुन सरफको प्रयोग लगायतका कारण छाला रोग संक्रमण फैलिने शर्माले जानकारी दिए ।
बालसुधार गृहमा एउटै कोठामा ४०,५० जना बालकहरु बस्न बध्य भएको र छाला रोग सरुवा भएकोले बिगत दुई बर्ष देखि बालकहरु छाला रोगको शिकार हुदै आएका छन् । केही समय कमी भए जस्तो भए पनि बल्झीरहेने यो रोगबाट बालकहरु हैरान छन् । दिर्घकालिन समस्या समाधानका लागी सम्बन्धित निकायको ध्यान पुग्न जरुरी देखिएको छ ।
सुधार गृहमा क्षमता भन्दा बढी बालक
बालसुधार गृह बाँकेमा क्षमता भन्दा बढी बालक रहेका छन् । ७० जनाको क्षमता भएको सुधार गृहमा हाल १६६ बालकहरु रहेका छन् । सुधार गृहमा क्षमता भन्दा बढी बालक हुँदा ब्यवस्थापनमा समस्या परेको सुधार गृहका इन्चार्ज बिमला काउचा मगरले बताइन् । क्षमता भन्दा बढी हुँदा बालकहरु सुत्ने बिस्तरा र खानाका भाडाकुडाँको समस्या परेको इन्चार्ज मगरले बताइन् । क्षमता भन्दा बढी हुँदा एउटै कोठामा ४०÷५० जना बालक राख्नु परेको र जसका कारण बालकहरु छाला रोगको संक्रमण फैलिएको मगरले जानकारी दिईन ।
सुधार गृहमा करणी मुद्दाका बालक बढी
बाँके स्थित बालसुधार गृहमा करणी मुद्दाको बिवादमा परेका बालकहरु बढी रहेका छन् । जम्मा १६६ बालकहरु रहेको बालसुधार गृहमा जवरजस्ती करणीका ९३, जवरजस्ती करणी उद्योगका ४, सामुहिक जवरजस्ती करणीका ३ र अपहरण तथा जवरजस्ती करणी मुद्धाको कानूनी बिवादमा परेका १ गरि जम्मा १०१ जना बालकहरु रहेको सुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले जानकारी दिइन् । करणी पछि कर्तब्य ज्यान १६, लागु औषध ११, चोरीमा ४, नकवजनी चोरीमा ६, बालबिवाहमा ५, डाँका चोरीमा ४, ज्यान मार्ने उद्योगमा ४, अप्राकृतिक मैथुनमा ४,सवारी ज्यानमा ३, आत्महत्या दुरुत्साहनमा २, कर्तब्य ज्यान र डाँका चोरी २, चोरी तथा अभद्र ब्यवहार १, अपहरणमा १, कानूनी बिवादमा परेका बालकहरु बाँकेको सुधार गृहमा रहेका छन् । सुधार गृहमा ११ बर्ष देखि माथीका बिभिन्न २३ जिल्लाका कानूनी बिवादमा रहेका बालकहरु रहेका छन् ।
सुधार गृह भनिए पनि बाँकेको बालसुधार गृहमा सुधारका लागि शिक्षा, स्वास्थ्य, खानपान, मनोरञ्जन, खेलकुदका पर्याप्त भौतिक पुर्वाधार र संयन्त्रहरु रहेका छैनन । कानूनी बिवादमा रहेका बालकहरुलाई उनीहरुले गरेको गल्तीको महसुस गराई समाजमा पुनस्थापना गर्ने लक्ष्य बालन्यायले राख्ने भए पनि नेपालका बालसुधार गृहहरु सुधार गृह जस्तो नभई कारागार भन्दा पनि निम्न स्तरको कालकोठरी जस्तो भएको बालन्यायको क्षेत्रमा कार्यरत अधिवक्ता वसन्त गौतमले बताए ।