रोकिएन बन्यजन्तु तस्करी, प्रहरी फन्दामा तस्कर

बन्यजन्तु तस्करीमा संलग्न तीन जनालाई चितुवाको छाला र हड्डीसहित बाँकेको कोहलपुरमा पक्राउ गरिएको छ ।
कोहलपुर क्षेत्रका विभिन्न ठाउँमा मारिएका चितुवा, रेडपाण्डालगायतको छाला र हड्डीको अबैध तस्करी भइरहेका खबर आइरहँदा प्रहरीले गरेको कारबाहीमा पनि तिब्रता दिइएको छ ।


इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर – ११ स्थित एउटा होटलमा बसेका सुर्खेतका तीन जनालाई चितुवाको छाला एक थान र एक किलो ४० ग्राम हड्डी सहित नियन्त्रणमा लिएको हो ।


इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार, सुर्खेत पञ्चपुरी – ७ का रमेश बयक र बसन्त विसी तथा बाँके राप्तीसोनारी – ९ का हिरासिंह विकलाई नियन्त्रणमा लिइएको छ । डीएसपी रविन्द्र खनालले पक्राउ गरिएकाहरुसँथ आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया