नेपालगन्जमा तरुण दलको स्थापना दिवस

नेपाल तरुण दलको ६८ औँ स्थापना दिवस नेपालगन्जमा पनि मनाइएको छ । दलको बाँके जिल्ला कमिटिले विचार गोष्ठी, सम्मान लगायतका कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।


तरुण दल स्थापनामा नेपालगन्जसँगको साइनो ऐतिहासिक भएको कार्यक्रमका प्रमुख अतिथि, काँग्रेस केन्द्रिय सदस्य किशोरसिंह राठौरले बताए । उनले तरुण दलले देश भरीका युवाहरुलाई समेट्दै अघि बढ्नुपर्ने आबश्यकता रहेको औल्याए ।
प्रतिनिधि सभा सदस्य समेत रहेका राठौरले पार्टीमा एकले अर्कोलाई आरोप लगाएर संगठन मजवुत हुन नसक्ने बताए । तरुण दल संगठित र अनुशासित संगठन भएकाले पार्टीको नीति अनुसार तरुण दल थप मजवुत बनेर लोकतन्त्रलाई नै बलियो बनाउन भुमिका खेल्न सक्नुपर्ने धारणा राठौरको थियो ।


तरुण दलका जिल्ला अध्यक्ष बीरेन्द्र बहादुर शाहको अध्यक्षतमा भएको विचार गोष्ठी कार्यक्रममा निवर्तमान संघीय सरकारका मन्त्री गजेन्द्रबहादुर हमाल, लुम्बिनी प्रदेश सरकारका मन्त्री सुरेन्द्र बहादुर हमाल,पार्टी सभापति किरण कोइराला, तरुण दलका पूर्व महासचिव हुर्मत न्यौपाने, सचिव जनमजय तिमिल्सिना, पूर्व केन्द्रिय सदस्य सुदिप नरसिंह राणा, पूर्व अध्यक्ष रविन्द्र हमाल, विद्यार्थी नेता पूर्ण आचार्य लगाएतकाले सम्बोधन गरेका थिए ।


स्थापना दिवसको अवसरमा तरुण दल बाँकेले जिल्ला तरुण दलका पूर्व सभापतिहरुद्वय सुदिप नरसिंह राणा र रविन्द्रबहादुर हमाललाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको जनाएको छ ।
वि.सं.२०५४ मा शहर नेपालगन्जमा भएको नेपाली काङ्ग्रेसको महासमिति बैठकमा स्व.गिरिजा प्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए । प्रथम जन निर्वाचित प्रधानमन्त्री बी.पी.कोइरालालाई २०१७ सालमा तरुण दलको कार्यक्रम सम्बोधन गरिरहँदा अपदस्त गरिएको थियो ।

स्थापना दिवसको अवसरमा आयोजित लोकतान्त्रिक आन्दोलन, नेपाली काँग्रेस र तरुणहरुको भूमिका विषयक विचार गोष्ठी कार्यक्रममा तीन दर्जन बढी युवाहरुले अन्य पार्टी परित्याग गरी तरुण दलको सदस्यता लिएको अध्यक्ष शाहले जानकारी दिए ।
त्यसैगरी तरुण दल बाँकेले केन्द्रिय सदस्य किशोर सिंह राठौर,निवर्तमान मन्त्री गजेन्द्र बहादुर हमाल र प्रदेश मन्त्री सुरेन्द्र हमाललाई मायाको चिनो प्रदान गरेको थियो ।


तरुणदल नगर सभापति सन्दिपजङ्ग शाहले स्वागत मन्तब्य राख्दै तरुण दल अनुसशासित र संयमित भएर अघि बढने धारणा राखेका थिए । वि.सं.२०१० कात्तिक १० गते स्थापना भएको नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको नेपाल तरुण दलका संस्थापक अध्यक्ष सिंहध्वज खड्का हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया