इरिक्सा व्यवस्थापनका लागि कार्यविधि राजपत्रमा, अब कार्यान्वयनमा जाने

नेपालगन्जमा ट्राफिक व्यवस्थापनको सबैभन्दा ठूलो चुनौतिका रुपमा रहेको इरिक्साको व्यवस्थापन गर्ने तर्फ उपमहानगरपालिका बढेको छ । यसअघि स्पष्ट मापदण्ड, नीति, नियम र कार्यविधि नहुँदा इरिक्साको व्यवस्थापन हुन सकेको थियो । नेपालगन्ज उपमहानगरपालिकाले इ–रिक्सा सञ्चालन व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७८ जारी गरेर राजपत्रमा प्रकाशन गरेकाले अब कार्यान्वयन सुरु गर्न लागिएको हो ।
इरिक्सा व्यवस्थापनका सम्बन्धमा बुधबार नेपालगन्ज उपमहानगरपालिकामा इरिक्सा व्यवस्थापन तथा नियमन समितिको बैठक बसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ऐन बहादुर मल्लले ‘काम गर्नका लागि जारी गरिएको कार्यविधिले निकै सहज हुने’ बिश्वास सहित भने, ‘अब ठोस योजना बनाएर काम गर्नेछौं ।’