मन्त्री गजेन्द्रबहादुर हमालले दिए राजिनामा

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजिनामा दिएका छन् । मन्त्री हमालले आज विहान प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् ।

उनी शुक्रबार मन्त्री नियुक्त भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भएपनि मन्त्री हमालले राजिनामा दिएका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया