बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हठात् सरुवा गरिएको छ । सह–सचिव गेलाललाई सरुवा गरि उप–सचिव सुर्य बहादुर खत्रीलाई बाँकेको प्रमुख जिल्ला अधिकारी तोकिएको हो ।

उप–सचिव सुर्य बहादुर खत्रीलाई बाँकेको प्रमुख जिल्ला अधिकारी तोकिएको हो ।
गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट बाँकेसहित ५ जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको जनाएको छ । ‘प्रजिअमा बढीनै राजनीति हुन थाल्यो,’ एक प्रशासकले शुक्रवारको सरुवा प्रकरणमा दैनिक नेपालगन्जसँग भने, ‘कहिले कुन कुनाबाट किन सरुवा गरिन्छ भन्ने कुरा पत्तोनै नहुने भो ।’
बैशाख २ गतेबाट जिल्लाको नेतृत्व गरेका सह–सचिव गेलाल अनुभवी ढंगबाट बाँकेमा प्रशासकीय भूमिका निर्भाह गरिरहेका थिए । त्यसअघि पनि उप–सचिव राम बहादुर कुरुम्वाङले जिल्ला हाँकेका हुन् ।
