‘न्यायका लागि सिंहदरबार’को ध्यानाकर्षण गराउँदा…

न्यायको माग गर्दै सिंहदरबार पुगेका पीडित र अधिकारकर्मीहरु पक्राउ परेका छन् । नेपालगञ्जबाट २० दिन लगाएर राजधानी काठमाडौं पुगेका उनीहरु त्यहाँ आन्दोलन गरेको दोस्रो दिन पक्राउ गरेका हुन् ।


नेपालन्जबाट १ असोजमा हिँडेको टोली २० दिनमा बुधबार काठमाडौं पुगेका थिए । पुगेकै दिन पत्रकार गुहारेका उनीहरुले दोस्रो दिन आफ्नो संस्था, महिला अधिकार मञ्चसँग छलफल र तेस्रो दिन, राष्ट्रिय मानवअधिकार आयोगलाई माग र मुद्दाको ध्यानाकर्षण गराएर माइतघर मण्डलामा अनसन शुरु गरेका थिए । आन्दोलनरत सकिनाका अनुसार, प्रहरी पक्राउ गर्न जाँदा उनीहरू कोही खाना खाँदै थिए भने कोही थाकेर सुतिसकेका थिए। सुतिरहेका र खाना खाइरहेकै बेला प्रहरीले उनीहरूलाई जबर्जस्ती उठाएर लगेको प्रत्यक्षदर्शीको भनाइ छ ।

‘अनसन बसेकाहरु सबैलाई प्रहरीले लछारपछार गर्दै लग्यो,’ पैदल मार्चमा राजधानी काठमाडौं पुगेकी सकिनाले दैनिक नेपालगन्जसँग भनिन्, ‘आन्दोलनरत १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।’ उनीहरुमध्ये ७ जना महिला प्रहरी लछापछारमा घाइते भएकाले प्रहरीलेनै उपचारका लागि बीर अस्पताल लिएको अधिकारकर्मी सकिना तेलीले भनिन् ।


आन्दोलनको अगुवाई गरिहेकी रुबि खानलाई भने प्रहरीले छुट्टै राखेको छ । उनीविरुद्ध बहुविवाहको उजुरी परेकाले बाँके प्रहरीको पत्राचारका आधारमा नेपालगन्ज पठाउने तयारी भइरहेको सम्बद्ध स्रोतको भनाइ छ । ‘अरुलाई छिट्टै रिहा गरिन्छ,’ प्रहरी स्रोतको भनाइ छ । अधिकारकर्मीहरु भने आन्दोलन कमजोर बनाउन प्रहरीले रचेको चक्रब्यूहका रुपमा यसलाई लिएका छन् । ‘बहुविवाहको मुद्धा थियो भने अहिलेसम्म के हेरिएको थियो ? सकिनाले भनिन्, ‘नेतृत्वमै धावा बोलेपछि आन्दोलन सकिन्छ भन्ने ठम्याइ होला ।’

जानकी गाउँपालिका निवासी बर्ष २७ की नन्कुन्नी धोवीको हत्या भएको दावी र निर्मला कुर्मी बेपत्ता पारिएको आरोपसहित यी दुबै घटनाको सत्यतथ्य जाँचबुझको माग सहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् । १९ दिन जिल्ला प्रशासन कार्यालयमा धर्ना दिंदा सुनुवाई नभएपछि पैदल मार्च गर्दै न्यायका लागि सिंहदरबारतर्फ पाइला चालिएका थिए ।


यसअघिनै राष्ट्रिय मानव अधिकार आयोगको नेपालगन्जस्थित कार्यालयमा आयुक्तकै सामुन्ने रुबिले आफुलाई कुनैपनि बेला ‘प्रहरीले फँसाउन सक्ने’ भन्दै ध्यानाकर्षण गराएकी थिइन् ।

उनीहरु बाँकेका दुई महिलाको अवस्थालाई लिएर नेपालगन्जबाट राजधानी काठमाडौंस्थित सिंहदरवार यात्रामा पैदल मार्च गरेका थिए । उनीहरुको विषयमा अधिकारकर्मीहरुको सामुहिक धारणा सार्वजनिक गरेका थिए । अधिकारकर्मीहरुले एक संयुक्त प्रेस बिज्ञप्ती जारी गरि नन्कुनी धोवीको मृत्यु प्रकरण र निर्मला कुर्मीको स्थिति अज्ञात सम्बन्धी दुई घटनाको प्रभावकारी अनुसन्धान र पीडितको न्यायका प्रहरी प्रशासनसंग माग गरेका थिए।

जानकी गाउँपालिका निवासी बर्ष २७ की नन्कुनी धोवीको मृत्यु भएको घटना र बाँके परसपुर निवासी निर्मला कुर्मी बेपत्ता घटनाका सम्बन्धमा घटनाको प्रभावकारी अनुसन्धान गरि पीडितको न्यायका लागी सार्थक पहल गर्न अधिकारकर्मीहरूले माग गरेका हुन् ।
नेपाल बार एशोसिएसन, इन्सेक, एडभोकेसी फोरम लगायत विभिन्न सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले विज्ञप्ती मार्फत ०७८ साउन ५ गते बाँके, जानकी गाउँपालिका निवासी बर्ष २७ की नन्कुनी धोवीको मृत्यु भएको घटना र बाँके परशपुर निवासी निर्मला कुर्मी बेपत्ता घटनाका सम्बन्धमा महिला अधिकार मञ्चको नेतृत्वमा काठमाण्डौसम्मको पैदल यात्रा प्रति हामी मानव अधिकारकर्मीहरुको ध्यानाकर्षण भएको जनाए ।


धोबी कर्तब्य ज्यान मुद्धाका आरोपी राम कुमार धोवी र इतवारी भन्ने लक्षिराम धोवी कारागार चलान भएका छन् । बाँके जिल्ला अदालतमा गतसाता भएको थुनछेक आदेश अनुसार उनीहरु कारागार चलान गएका हुन । न्यायाधीश श्याम सुन्दर अधिकारीको आदेश अनुसार अभियुक्तद्धयलाई थुनामा राखेर मुद्धाको पुर्पक्ष गर्नु भन्ने आदेश भए अनुसार मृतक नन्कुनीका श्रीमान राम कुमार धोवी र जेठाजु इतवारी भन्ने लक्षिराम धोवी कारागार चलान भएका हुन । थुनछेकमा जाहेरवलाको तर्फबाट जिल्ला सहन्यायाधीवक्ता निशा कुसुम पौडेलले बहश गरेकी थिईन ।

०७८ साउन ५ गते बाँके, जानकी गाउँपालिका निवासी बर्ष २७ की नन्कुनी धोवीको लास आफ्नै घरमा झुण्डीएको अवस्थामा फेला परेको थियो । सम्पत्ती विवादमा लामो समयदेखि राजनीतिक शक्तिको आडमा पिल्सएकी निर्मला एकाएक गतवर्षदेखि बेपत्ता छिन् । प्रहरीले उनले भारततिर दोस्रो बिहे गरेको र कालगतिले मृत्यु भएको बताउन थालेको छ । जुन कुरालाई रुबिलगायतका आन्दोलनकारीहरुले ‘गलत’ भन्दै आएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया