थुनुवाको आधारभुत मावन अधिकार संरक्षणमा ध्यान पु¥याउन प्रहरी अधिकारीको ध्यानाकर्षण
एडभोकेसी फोरम, इन्सेक र सिविन नेपाल नेपालगञ्जले संयुक्त रुपमा असोज २० गते जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय, कोहलपुरको हिरासत कक्षको अनुगमन गरेको छन् ।
अनुगमन टोलीले दुवै प्रहरी कार्यालयका हिरासत कक्ष र त्यहाँ रहेका थुनुवाहरूलाई अवस्थाका बारेमा जानकारी लिएको थियो ।
यस क्रममा जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालयमा रहेका थुनुवाहरुले खानाको गुणस्तर राम्रो नरहेको सधै आलु र सोयबिनको तरकारी दिने गरेको गुनासो गरेका थिए ।
अधिकारकर्मीको टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेका सई पुर्ण वली र इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रविन्द्र खनाललाई भेटेर थुनुवा कक्षमा देखिएका समस्याहरूको बारेमा छलफल र सुधारका लागि सुझाव समेत दिएका छन ।
अनुगमन टोलीले खानाको गुणस्तर सुधार गर्नुपर्ने,आफन्तहरूलाई भेट गर्ने बतावरणलाई सहज बनाउनु पर्ने, बयानका क्रममा आफू विरूद्ध लगाइएको मुद्दाका सन्दर्भमा बयान लिदा र लिइसके पछि पुनः बयानमा लेखिएका कुराहरू एक पटक सुनाएर मात्र हस्ताक्षर गराउने लगायतको सुझाव दिइएको एडभोकेसी फोरमका अध्यक्ष बसन्त गौतमले बताए ।
उहाँले अनुगमनका क्रममा थुनुवाहरुलाई समयमा म्याद थप नगरी हिरासतमै राखेको , खानाको गुणस्तर नभएको, इलाका प्रहरी कार्यालय कोहलपुरको थुनुवा कक्षमा पखांको व्यवस्थापन नभएको लगायतका कमजोरीहरु देखिएको बताए ।
अनुगमनका क्रममा जिल्ला प्रहरी कार्यालयमा ३० जना थुनुवाहरू रहेको बताउँदै खानाको गुणस्तरको सुधार गर्ने जिल्ला प्रहरी कार्यालयका सई पुर्ण वलीले प्रतिवद्धता ब्यक्त गरेका थिए ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि रविन्द्र खनालले इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्षमा ११ जना थुनुवाहरु रहेको बताउँदै थुनुवाहरुको समय मानै म्याद थप गर्नको लागी अदालतमा पु¥याउने , खानाको गुनस्तर बढाउने र थुनुवाहरुको व्यवस्थापन गर्नको लागि थुनुवा कक्षको निमार्ण गर्न लागेको जानकारी दिए ।
अनुगमन टोलीमा एडभोकेसी फोरमका अधिवक्ता वसन्त गौतम र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका प्रलेख अधिकृत विनोद पाण्डे र बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटा र सिविन नेपालकी आशा श्रेष्ठ रहेका थिए ।
राष्ट्रिय परिक्षा बोर्डबाट प्राप्त गर्नेे ट्रान्सक्रिप्ट नपाउँदा विद्यार्थीहरु मर्कामा
बाँकेको कोहलपुर नगरपालिका–२ बर्दहवामा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुले राष्ट्रिय परिक्षा बोर्डबाट प्राप्त गर्नेे ट्रान्सक्रिप्ट नपाउँदा मर्कामा परेका छन ।
यसबारेमा अधिकारकर्मीहरु एडभोकेसी फोरमका बसन्त गौतम, इन्सेकका बिनोद पाण्डे र स्मृति देवकोटा र सिविनका आशा श्रेष्ठ सम्मिलित टोलीले लक्ष्मी माबिका शिक्षक र बिद्यार्थी र तिनका अभिभावकालाई भेटी तथ्य संकलन गरेका थिए ।
विद्यालयले अनिवार्य बिषय नेपाली नपढाई अग्रेजी बिषय बढाई सोही बिषयमा जाँच दिलाए पछि बिद्यार्थीहरु मर्कामा परेका हुन । बिद्यार्थीले कक्षा १२ मा अनिवार्य रहेको नेपाली बिषयको सट्टामा अग्रेजी बिषय परिक्षा दिएका कारण राष्ट्रिय परीक्षा बोर्डबाट निस्कने ट्रान्सक्रिप्ट ननिस्केका हो ।
विद्यालयले कक्षा ११ र १२ मा अनिवार्य अंग्रेजी विषय पढाएको लक्ष्मी माविमा अध्ययनरत १८ बर्षीया छोरी स्वस्तीका डाँगीको अभिभावक कोहलपुर नपा– २ बस्ने डम्मर डाँगीले बताए । विद्यालयमा कृर्षी विज्ञान तर्फको पढाई सुरु भएपछि कक्षा ११ मा अंग्रेजी र कक्षा १२ मा नेपाली अनिवार्य पढाउनु पर्नेमा दुवै कक्षामा अनिवार्य अंग्रेजी पढाएको कारण विद्यार्थीहरुले ट्रान्सक्रिप्ट पाउन नसकेको बताउँदै उहाँले विद्यालयले विद्यार्थीहरु माथि ठुलो लापरवाही गरेको बताए ।
लक्ष्मी माविका प्रधानाध्यापक धर्मराज रेग्मीले विद्यालयमा दुई जना विद्यार्थीको ट्रान्सक्रिप्ट निस्केको र तेस्रो पटक ट्रान्सक्रिप्ट निकाल्न जादाँ नपाए पछि समस्याको बारेमा आफुले थाहा पाएको बताउनु भयो । उनले ३५ जना विद्यार्थीको ट्रान्सकिप्ट ननिस्कीएको बताउँदै यसको विषयमा विद्यालयले जिम्मा लिएको र जसरी भए पनि समस्याका समाधानका प्रयासरत रहेको बताए । नेपाली बिषयको पुरक परिक्षा दिने ब्यवस्था मिलाई समस्याको निकास निकाल्ने प्रर्यास भैरहेको बताए ।
उनले कृर्षी विज्ञान तर्फको पहिलो ब्याज भएकोले विषयवस्तुको बारेमा आफुहरु अन्यौलमा परेकोले गल्ती भएको बताए । परिक्षा फारम भर्दा राष्ट्रिय परिक्षा बोर्डले परीक्षाको लागि परिक्षा फारम स्वीकृत गरेको र पछि विषय अनुसार पढाई नगराएको भनि समस्या देखाएको प्रधानाध्यापक रेग्मीले बताए । विद्यार्थीहरुको परीक्षा भएर पनि मार्कसिट आयो तर परिक्षा बोर्डले भने नेपाली अनिवार्य पढाउनुपर्ने जानकारी गराएको छ । उनले विद्यार्थीहरुको भविश्यको लागि पनि विद्यालयले मौका परिक्षा दिलाउने भन्ने बारे छलफल भैरहेको बताए ।
राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय कोहलपुरका प्रमुख भगवान पौडेलले विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै मौका परिक्षामा समावेश गराउनका लागि पहल भैरहेको बताए ।
अनुगमनमा पुगेका अधिकारकर्मीले बिद्यालय र परिक्षा बोर्डको गल्तीको सजाय बिद्यार्थी पाउन नहुने भन्दै बिद्यार्थीको हितमा उचित निर्णय पुग्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।