पुस्तकमा प्रा.डा. जनार्दन आचार्यको ‘आदर्श र विश्वास’

राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यको जीवन अनुभव र आदर्शलाई पुस्तकका रुपमा अभिलेखिकरण गरिएको छ ।

प्रा.डा.ले राजनीति, प्राध्यापन र कुटनीतिमा रहेको आफ्नो लामो अनुभव समेटेर लेखेको संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ एक कार्यक्रमबीच प्राध्यापक डा. गोविन्द प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल र लेखक डा. आचार्यले संयुक्त रूपमा विमोचन गरे ।


क्रियटिभ बुक्सले प्रकाशन गरेको पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ प्रा.डा. आचार्यले आफ्नो जीवनको अनुभव सार भएको बताए । कार्यक्रममा आफ्नो जीवनका भोगाई प्रस्तुत गर्दै राजनीति पतित हुँदै गएकोमा चिन्ता पनि गरे ।


पञ्चायतकालदेखि बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई डा. आचार्यले मसिनोसँग विश्लेषणात्मक पस्किएको क्रियटिभ बुक्सका अध्यक्ष टिएस ठकुरीले बताए । ‘पाठकलाई यो पुस्तक साँच्चिकै उत्कृष्ठ लाग्नेछ, उनको विश्वास छ ।


राजनीति देखि कुटनीति र प्राध्यापन क्षेत्रलाई नजिकबाट नियालेका प्राध्यापक डा. आचार्यले नेपाली राजनीति इतिहासमा वीपी कोइराला र पुष्पलालसँगका संवाददेखि संस्मरणात्मक अनुभूति समेटेको बताए ।


विमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पाठक बीचको सम्बन्ध जोड्नमा पुस्तकले महत्वपूर्ण तागत राख्ने बताएका छन् । ‘हाम्रो पठन संस्कृति कमजोर भइरहेका बेला प्रविधिको विकासले पुस्तकसँगको सम्बन्ध विच्छेद गर्दै गएको अवस्था जस्तो छ,’ अध्यक्ष पोखरेलले भने ।

‘यो बेलामा रुची लाग्ने पुस्तक प्रकाशन गरेर पुस्तक र पाठकका बीचमा सम्बन्ध केही जोड्ने यस्तै महत्वपुर्ण दस्ताबेजले तागत राख्छन् र त्यही तागत राख्ने पुस्तकका रुपमा मेरो आर्दश, मेरो विश्वास पुस्तक आएको छ, भन्ने मलाई लाग्छ,।’ यस्ता सामाग्री आमपाठकका लागि महत्वपूर्ण हुने कुरामा जोड दिंदै अध्यक्ष पोखरेलले भने ।

कार्यक्रममा प्राध्यापक डा. घिमिरे, वरिष्ठ साहित्यकार सनत रेग्मी, वरिष्ठ पत्रकार पूर्णलाल चुके, पुराना बामपन्थी नेता रोमहर्ष धिताल लगायतले शुभकामना मन्तब्य दिएका थिए भने कार्यक्रमको सहजीकरण युवा श्रष्टा भोजराज शर्माले गरेका थिए । पुस्तकको सहलेखन पत्रकार कुमार श्रेष्ठले र पत्रकार सम्पादन जनक नेपालले गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया