म एक स्वास्थ्यकर्मी । यो एक पेशा मात्र नभई मानवता हो, भावना हो, कर्म हो । अझ भनौ बिरामीको लागि त उहाँहरुको विचारमा भगवान नै हो।हाम्रो मुलुकमा थुपै जनताहरु आधारभूत स्वास्थ्य सेवाबाट नै बञ्चित छन् । झाडापखालाको लागि चाहिने जिवनजल नै नपाएर मृत्यु वरण गर्नुपुर्ने मूलुकको नागरिक हौ हामी । ज्वरो आएर सिकिस्त भएको बिरामीलाई सिटामोल खुवाउन नसक्ने महान नेपाली हौ हामी । एकातिर आधारभुत स्वास्थ्य सेवाबाट जनता बञ्चि त छन भने अर्कोतिर उपलब्ध स्वास्थ्यकर्मीको सहि व्यवस्थापन गर्न नसक्दा उनिहरु पिडामा छन् ।

विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ ले नेपाललाई पनि अछुतो राख्न् सकेन । थुप्रै स्वास्थ्यकर्मी यसको प्रभाव नपरे र अझै पनि परिरहेका छन् । फ्रन्ट लाईनमा बसेर सेवा गरिरहेका छन् । आफ्नो परिवारसँग टाढा बसि दिन रात विरामीको सेवामा अनवरत रुपमा लागि परेका छन् । कति स्वास्थ्यकर्मी त बिरामीको सेवा गर्दा गर्दै कोभिड–ज्ञढको संक्रमित भई यो संसारबाट टाढा भएका छन् । साना–साना बालबच्चाहरु टुहुरा भएका छन।सेवाकै अबस्थामा चर्को संक्रमण विस्तार भएको वेलामा सामाजिक रुपमा नै बहिष्कार परेका थिए स्वास्थ्यकर्मीहरु।एकातिर सामाजिक दायित्वपनि पुरा गर्नुपर्ने जिम्मेवारी थियो भने अर्कोतिर त्यही समाजबाट नै बहिष्कार जस्तै हुनु परेको थियो । समाजलाई त्यतिवेला लाग्दथ्यो कि स्वास्थ्यकर्मीले नै कोभिड–१९को संक्रमण प्रसार गरिरहेका छन् । उनीहरुकै परिवारलाई बचाउनुपर्ने दवाव थियो भने उनिहरुबाट नै मानसिक तनाव झेल्नुपरेको थियो । आफ्नो ज्यानको वास्ता नगरी समुद्रमा हाम फालेझै गरी सिमित स्वास्थ्य सामाग्रिका विच पनि अनवरत रुपमा खटिरहेका थिए।परिवारसँग प्रत्यक्ष भेटघाट विहिन रहि मिसन झै गरी लागिपरेका थिए र अझैपनि यो सेवाको क्रम रोकिएको छैन । रात दिन नभनि काम गर्दा गर्दै पनि किन स्वास्थ्यकर्मीहरु आफ्नो हकहितबाट बञ्चिकत भइरहेका छन् त प्रश्न यहाँनेर छ ।

एक त नेपालको हकमा स्वास्थ्य क्षेत्रको पढाइको शुल्क नै धेरै महङ्गो छ । अभिभावकले रात दिन गरी जोगाएको पैसाले आफ्ना सन्तानको भविष्य सुन्दर गर्न पैसा लगानी गरेका छन् । जब आफ्नो सन्तानहरु जागिर जिन्दगिमा प्रवेश गर्छन् तव पनि अभिभावकले आनन्दको जिन्दगि ज्यून सकिरहेका छैनन् । बालबच्चाहरुले सुनाएका कुराको तनाब झेल्नुपरिरहेको छ ।
फ्रन्ट लाईनमा बसि काम गर्न चानचुने कुरा अवस्यनै होइन । अझ विरामी सिकिस्त अवस्थामा छन भने फ्रन्ट लाईन अझै खतरानाक परिस्थिति हो । विरामीका आफन्तलाई हुने जोखिमभन्दा दश गुणा बढि जोखिम स्वास्थ्यकर्मीलाई हुन्छ । यस्तो सेवा गर्दा गर्दै पनि किन स्वास्थ्यकर्मीहरुले तलब नै खान पाएका छैनन् । भोको पेटले कहिले सम्म काम हुन सक्छ।कि यस्तो संवेदनशिल विषयमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन। कि व्यवस्थापकहरु मौन छन् । कि स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरु श्रमिक हैनन? कि श्रमिकको अर्थ ठेला र बेल्चा चलाउने मात्र हो र ? अझ भनौ स्वास्थ्यकर्मीहरु त आफू कार्यरत संस्थाबाट नै लखेटिएको अवस्था छ ।

यदी सेवा दिन कोही कर्मचारी आनाकानि गरिरेको छ भने त्यतिवेला प्रश्न । गर्ने हो तर संस्थाबाट लखेट्नु अपराध हो । त्यही कार्यरत स्थानबाट आउने रकमले उनिहरुको घर व्यवहार सञ्चाखलित भएको हुन्छ । अनि त्यही कुरा नै बन्द भयो भने उनिहरु कसरी पालिनु, बालबच्चाहरुलाई कसरी शिक्षित बनाउने।किन यस्तो संवेदनशिल विषयमा समयमै ध्यान जान सकिरहेको छैन । एक स्वास्थ्यकर्मीले तलब नपाउदा कति जना प्रत्यक्ष रुपमा प्रभावित हुन जान्छन भन्ने विषयबस्तुको आकलन किन गरिदैन।एक त नेपालमा स्वास्थ्यकर्मीको संख्या निकै कम छ । त्यस्मा पनि भएकालाई समयमै तलब नखुवाउदा कस्तो प्रभाव पर्छ स्वास्थ्य क्षेत्रमा त्यो हेक्काा राख्नुन आवश्यक छ।यो एक स्वास्थ्यकर्मीलाई मात्र लात हानिएको मानिदैन । समग्र स्वास्थ्य क्षेत्रनै प्रभावित हुन जान्छ, विरामीको स्वास्थ्य उपचारमानै असर पर्न जान्छ । सबै फ्रन्ट लाईनमा बस्ने स्वास्थ्य विमा गर्ने पोलिसि त निर्माण गरियो कोभिड–१९ बाट प्रभावितले किन एक बर्ष हुँदासम्म स्वास्थ्य बिमाको रकम गराइएन । अरु सर्वसाधारणले विमा बाट आउने रकम पाउदासम्म पनि किन स्वास्थ्यकर्मीलाई यति लामो समय सम्म दिइदैन । किन यो पेशामा लागेको र लाग्न खोजेका नयाँ विद्यार्थीहरुलाई नकरात्मक प्रभावमा पारिदै आइएको छ ।

नकरात्मक प्रभावको असरमा परेका नयाँ विद्यार्थीहरुबाट कस्तो खालको उत्पादन निस्कने हो, कस्तो खालको सेवा उनीहरुबाट आउन सक्छ आकलन गर्दा पनि डर लाग्ने छ । आफु कार्यरत संस्थामा फुल टाईम भएकाहरु हाफ टाइम अथवा पार्ट टाईम शिर्षक लगाई लगाई उनिहरुको रोजगारी नै खोस्ने बाहाना भइरहेको छ । अस्तव्यस्ततामा स्वास्थ्य क्षेत्रलाई प्रभावित पारिदैछ । व्यबस्थित, संवेदनशिलन, अनुशासित रहनु पर्ने संस्थालाई भद्रगोल बनाइँदै छ । तनावपूर्ण अवस्था सिर्जना गरी समग्र स्वास्थ्य अवस्थालाई प्रभावित पारिदै छ । अझैपनि यस्तो अवस्था कायम रहदै जाने हो भने स्वास्थ्यकर्मीहरुपनि कालो पट्टी बाधी अन्दोलान नै गर्नुपर्ने बाध्यात्मक परिस्थिति आउदैछ । सेवा गर्ने हातमा विरोधका व्यानरहरु समाउने स्थिति अवका दिनमा नआउलान भन्नव सकिदैन । नम्र मिठो बोल्ने मुखबाट कडा कडा विरोधका आवाजहरु ननिस्केलान् भन्न सकिदैन । किनकी खालि पेटले कसैको सेवा हुनै सक्दैन तसर्थ सम्बन्धित निकायको यस बिषयमा तुरुन्त ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया

प्रतिक्रिया