सरकारले भारतसँगको नाका खोल्ने औपचारिक निर्णयसँगै आजबाट नेपालगन्ज जमुनाह नाका पूर्ण रुपमा खुला गरिएको छ । नाकाबाट पर्यटक आउन अवरोध पुगेको भन्दै नेपालगन्जका होटल तथा पर्यटन व्यवसायीहरुले सरकारले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए ।
‘स्वास्थ्य मापदण्ड पालना गरेर आवागमनका लागि नाका पूर्ण रुपमा खुला गरिएको छ,’ बाँकेका प्रजिअ शिवराम गेलालले नेपालगन्जन्यूसँग भने, ‘कोरोना पूर्वकै अवस्थामा नाकालाई सञ्चालनको निर्णय गरिएको हो ।’ उनले स्वास्थ मापदण्डमा भने कडाइनै रहने बताए ।
शुक्रबारमात्रै पर्यटन प्रवद्र्धन मञ्चको अगुवाइमा प्रशासन पुगेका व्यवसायीहरुले ‘पर्यटकलाई मात्रै बाधा पुग्ने गरी’ सीमामा समस्या सिर्जना गरिएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए ।