नेपालगन्जबाट अब ‘परीक्षणकालीन चालक अनुमतिपत्र’

यातायात व्यवस्था कार्यालय भेरी नेपालगन्जबाट परीक्षणकालीन चालक अनुमतिपत्र वितरण शुरु गरिएकोे छ । मंगलवार एक कार्यक्रमबीच बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले परीक्षणकालीन चालक अनुमतिपत्र वितरण कार्य शुभारम्भ गरेका हुन् । शुभारम्भ संगै सेवाग्राहीले क्यूआरकोड सहितको आकर्षक अस्थायी लाइसेन्स प्राप्त गरेका छन् ।


सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमति पत्र वितरण शुरु भए सँगै एक वर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता अन्त भएको यातायात व्यवस्था कार्यालय नेपालगन्जका प्रमुख पूर्ण खत्रीले जानकारी दिए । स्मार्ट लाइसेन्सको अनुपलब्धताले आफुले भोगिरहेको अपजसलाई थोरै भएपनि यो सेवाले राहत दिने खत्रीले आशा गरे । उनले आफ्नो कार्यकालमा यातायात व्यवस्था कार्यालय भेरीलाई व्यवस्थि तगर्न गरिरहेको प्रयासबारे पनि जानकारी दिएका थिए ।


खासगरि, हालैमात्र चालक अनुमतिपत्र का लागि ट्रायल पास गरेकाहरु तथा सुविधा थप गरेकाहरुलाई परीक्षणकालीन चालक अनुमति पत्र दिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

इगलआइ आइटी सर्भिस र मालिका इनकर्पाेरेट प्रालिको प्राविधिक सहकार्यमा देशभर परीक्षणकालीन चालक अनुमतिपत्रको व्यवस्थापन मिलाइएको हो । इगलआइका म्यानेजिङ्ग डाइरेक्टर बिबेक खड्काका अनुसार, नेपाल कै कम्पनीले बनाएको सफ्टवेयर सरकारले विश्वास गरेकाले डाटाहरु सुरक्षित हुने व्यवस्था मिलाइएको छ ।


‘योसँगै ट्राफिक प्रहरीसँग हुने मोवाइल एप्सले शंका लागेका चालकको लाइसेन्स स्क्यानिङ गर्दा म्याचिङ गर्नुपर्छ,’ खड्काले दैनिक नेपालगन्जसँग भने, ‘यो निकै सजिलो र सहुलियतपूर्ण प्रविधि हो ।’ उनले सेतीपछि भेरी र गण्डकीमा वितरण शुरु भइसकेको जानकारी दिंदै बुधवारबाट कर्णालीमा पनि वितरण शुभारम्भ हुने जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया