
- अवतारहरु भित्रका दश अवतार
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।धर्मसंस्थापनार्थाय संभवामि युगे युगे।
साधुहरुको रक्षा गर्नका लागि दुष्टहरुको विनाश गर्न तथा युगौयुगसम्म धर्म स्थापना गर्नका लागि जन्म लिनेछु भनी तत्पर रहने भगवानको अवतारहरुको व्याख्या हिन्दु धर्मशास्त्रहरुमा गरिएको छ ।
१ मत्स्य अवतारजसमा भगवानले सत्यव्रत राजालाई माछाको रुपमा प्रकट भएर प्रलयको सन्देश दिने र जीवन रक्षाका उपायहरु बताएको र अन्तमा रक्षा गरेको पाईन्छ।२ कूर्मा (कछुवा) अवतार :अमृत प्राप्तिको लागि देवताद्वारा गरिएको समुद्र मन्थनमा मन्दराचल पर्वतलाईबासुकी नागको नेती बनाएर अमृत देवताहरुमा बाँडेको उक्त मन्थनको समयमा पर्वत डग्मगाउदा कछुवाको रुप धारण गरी आफ्नो पीठमा राखेको कथन छ ।३ वराह (बँदेल) अवतार : दाँतको प्रयोग गरेर पर्वत सहितको समून्द्रभित्र हिरण्याक्ष राक्षसले लिएको पृथ्वीकोउद्दार गर्न यही रुप धारण गरी हिरण्याक्ष राक्षसको वध गरिएको ।४ नृसिंह अवतार : सम्पूर्ण जगतलाई हिरण्यकशिपु लगायत समस्त राक्षसको वध गरि भक्त प्रह्लादको बचन र ज्यानको रक्षागरिएको । ५ वामन अवतार : यस अवतारमा भगवानले मायाद्वारा बली राजालाई बाँधेर सारा आकाश र पृथ्वीमा दुई पाईला र बलिमाथि एक पाईला राखी दिएका तथा बलीलाई सुतल लोकका राजा बनाएको ।६ परशुराम अवतार : सहस्त्रबाहु राजाको अन्त्य गरी यस अवतारमा भगवानले पृथ्वीलाई २१ पटक परिक्रमा गरेर दुष्टहरुको वध गरेको।७ राम अवतार :पुलत्स्यनन्दन रावणको वध गरे।८ कृष्ण अवतार : शंख, चक्र, धनुष, पीताम्बर एवं वनमाला धारणा गर्नेवाला कृष्णको अवतारमा भगवान्ले कंश, पूतना, अरिष्ट इत्यादि दैत्यहरुको वध गरेका तथा कौरवको विनाश र पाण्डवको साथ रहेको ।९ बुद्ध अवतार : संसारमा दुखको अन्त्य र अकण्टक सुखको सत्य बताई सत्मार्गमा लैजान प्रेरित गर्ने अवतार बुद्धावतार तथ १० कल्की अवतार: भविष्यमा हुने वाला जसमा भगवान् कलियुग आएपछिघोडामा सवार भएर धर्मको स्थापना गर्छन् र म्लेच्छहरु(अपराधी पापी र नैतिक पतनोन्मुख रहेकाहरु)को वध गर्छन् भन्नेमान्यता छ ।
पूर्णावतार (राम र कृष्ण )¸अंशावतार (अंशावतारमा भगवानको विभिन्न विभूतिहरु समाविष्ट हुन्छ । यसमा सम्पूर्णस्थावर र जंगम पदार्थ भगवानको नै अंश हो । महाभारतका समस्त पात्र कुनै नकुनै देवता दैत्यको अंशबाट उत्पन्न हुने भएका कारण परमात्माको नै अंश रुपहो । परन्तु यो उपासना योग्न नभएका कारण पनि यो एक अंश मात्रै हो)आवेशावतार (यो स्वरुप अन्तर्गत् परशुराम अवतारलाई मानिन्छ । यसपछि कालावतारको वर्णनगरिएको छ । कालको इकाइका अनुसार भगवान युगावतार, मन्वन्तरावतार,कल्पावतारधारण गर्ने गर्छन्)र अन्तमा लीलावतारको पनि उल्लेख पाइन्छ । भागवत पुराणलेलीलावतारलाई सबैभन्दा उत्तम मानेको छ ।
- रुपान्तरणमा अवतारको बुझाई र अन्तर्वस्तु
संसारमा जुन कुराको जन्म हुन्छ त्यसको मृत्यु अवश्यमभावी छ चाहे युग नै किन नहोस । युगारम्भ जव हुन्छ तव मध्यान्ह हुदै उत्तरार्ध हुन्छ यस विषय तत्वमा हेक्का राख्न नसक्ने र जसको सत्यतामाथि प्रश्न खडा गर्नेहरु जड हुन भनी बुझिरहनपर्दैन।अवतारहरु मध्येका दशावतारको कथाको रुपमा थुप्रै तरिकाले र भावभङ्गीमा प्रवचन दिने गरिएको छ तर सारतत्वमा एउटै हो असत्यमाथि सत्यको विजय र स्थापना ।यी विषयवस्तुहरुको उत्पत्ति र विचलन कति बेला हुन्छ ? कसरी हुन्छ ? कुन कुन आधारहरु लिएर हुन्छ ? को को जिम्मेवार हुन्छन ? कति समय लाग्दछ ? क कसले यसको अगुवाई गर्दछन ? यसको आधारमा कुन नयाँ अवस्था र व्यवस्थाको प्रतिस्थापन हुन्छ ? भन्ने कुरा एकिन गर्न कठिन हुन्छ ।
प्राकृतिक ¸राजनीतिक¸ सामाजिक¸ बैज्ञानिक¸ अन्वेषणात्मक¸ आर्थिक¸ सास्कृतिक ईत्यादि विज्ञानहरु रुपान्तरण हुने प्रक्रिया रहन्छ । व्यक्ति परिवार राष्ट्र वा विश्व समाजमा रुपान्तरण एक निरन्तर सत्य प्रक्रिया हो ।प्राचिन मध्यकालिन र आधुनिक विश्व समाजमा भएका यि कुराहरु हेरौ त एक पटक । ठुला ठुला साम्राज्यहरु आज नक्साका साना एरियामा सिमित रहेका छन । विश्वमा शासन गर्ने शक्ति सम्पन्न राष्ट्रहरुको नाम र भूमिकामा समेत परिवर्तन भएको छ ।संयुक्त परिवारबाट एकल परिवार तथा गुरुकूल शिक्षाबाट गुगल शिक्षा हुदै जानुलाई प्रतिमान प्रतिस्थापनका रुपमा बुझ्न जरुरी छ ।
रुपान्तरणका अन्तर्वस्तुहरुमा विविधता आएको छ । अवतारहरुका रुपहरु जसरी फरक फरक हुन्थे र तिनीहरुको भूमिकाहरु(कर्मपथ) मा विविधता रहन्थ्यो । त्यसरी नै हरेक तत्वहरुको संरचना र कार्यप्रणालीहरुमा विभेदता र विविधता पाईन्छ ।
- बोधगम्यता
कुण्ड कुण्ड पानी मुण्ड मुण्ड विचार भने झै आ आफ्नै क्षमताका आधारमा बुझाई हुन्छ । जनताको सुख शान्ति विकास र समृद्धिको आधार त्यस देशका शासकीय क्षमतामा निर्भर रहन्छ ।असल कुशल र राजनेताबाट मात्र नागरिकहरुको हाँसो र पुस्ताका नासोहरुमा ध्यान जान्छ । विविधतायुक्त समाजको अपेक्षाहरु के कसरी पुरा गर्न सकिन्छ भन्ने ध्येय रहन्छ ।
जुनसुकै प्रकारको शासन होस तर शासकहरु र तिनका अनुयायीहरुको असल नियत र कर्ममा राज्यको मियो घुमेको हुन्छ।अधिकार र कर्तव्यको संतुलन कायम गरेर शासन व्यवस्था सञ्चालन र व्यवस्थापन गर्नुपर्दछ । संविधान र कानूनमा लेखेर मात्र राज्यप्रतिको दायित्व पुरा हुदैन । आम जनताको दैनिकीमा के कस्तो सकारात्मक परिवर्तन भएको छ भन्ने कुरा गौण मानिन्छ ।
सिगापुर जब मलेशियाबाट अलग भयो मलेशियालाई लागेको थियो छुट्टिएर केहि नि गर्न सक्दैन जवकी यसको देशमा जनतालाई पेटभरी खुवाउने पानी त छैन शासन सञ्चालन गर्ने कुरा त आकाशको फल हो । तर सिगापुरका लु क्वाङ् युले संसारभरका धनी र सफल राष्ट्रहरुको भ्रमण गरे उनका सुझावहरुलाई डायरीबद्ध गरे ।लिपीवद्ध डायरीलाई राष्ट्रमा ल्याएर आफ्ना अनुयायीहरु र देशभक्तहरुसंग शेयर र सल्लाह गरे । अन्तत: त्यसलाई कार्यान्वयन गर्न कानून नागरिक र शासनसंयन्त्रलाई रुपान्तरण गरे जसले अन्तत: मलेशियालाई असत्य सावित गरिदियो ।
लोकतन्त्र राजतन्त्र गणतन्त्र वा अन्य कुनै तन्त्रहरु जुनसुकै आएपनि वा ल्याएपनि जवसम्म आम नागरिकको कल्याण हुने कार्य शासकहरुबाट हुदैन तवसम्म राज्यको प्रतिमान रुपान्तरण अवश्यमभावी छ । नविन अवतारहरुको जन्म भई नै रहन्छ र पूर्ण आयु वा अल्पायुमा मृत्यु भई नै रहन्छ ।कुनै पनि कालजयी अवतार(शासन व्यवस्था) हुदैन निष्काम कर्मको फल र आम मतको बोधगम्यताले निर्दिष्ट गर्दछ कि कुन युग(प्रतिमान)को टिकाउ र सर्वस्वीकार्य छ भनेर।
मिति २०७८ भाद्र २७ गते
रातको ११ बजे
मैतिदेवी काठमाडौ ।