प्रहरीले जाहेरी दर्ता नगरे पछि बेपत्ता परिवार सरकारी वकिल कार्यालयमा

उजुरी दर्ता गर्न लगेको लामो समयसम्म पनि प्रहरीले जाहेरी दर्ता नगरि दिए पछि बाँकेका २ जना बेपत्ता परिवारका सदस्यहरु जाहेरी दर्ताका लागी असोज ७ गते जिल्ला सरकारी वकिल कार्यालय बाँकेमा गएका छन् । गत भाद्र १३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा अधिकारकर्मी सहित पुगेका उनीहरु प्रहरी प्रमुखले माथील्लो कार्यालयमा सोध्नु पर्द भन्दै जाहेरी दर्ता नगरे पछि उनीहरु त्यस बिरुद्ध सरकारी वकिल कार्यालयमा निवेदन दिन सक्ने कानूनी प्रावधान बमोजिम सरकारी कार्यालय पुगेका हुन । तर बाँके स्थित जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता बासुदेव शर्माले पनि महान्याधीवक्ताको कार्यालयसंग परामर्श गरे पछि जाहेरी दर्ता गर्न मिल्ने नमिल्ने बिषयमा २ दिनमा जानकारी गराउने बताएका छन् । घटना द्धन्द्धकालको भएको र हदम्यादका बिषयमा माथिल्लो निकायसंगको परामर्श पछि मात्र आफुले दर्ता मिल्ने नमिल्ने बिषयमा जानकारी गराएको मुद्धामा कानूनी सहयोग गरेका अधिवक्ता वसन्त गौतमले बताए ।

दोलखा जिल्ला चरीकोट नाम्दु– १ घर भई हाल नेपालगन्ज–१ धम्बोझी बस्दै आएकी चन्द्रकला उप्रेतीले आफ्ना श्रीमान पति भुपेन्द्रराज उप्रेतीलाई मिति २०६० साल मंसिर २३ गते सुरक्षाकर्मीद्धारा नेपालगंजबाट पक्राउ गरि हालसम्म वेपत्ता पारिएको बिषयमा घटनामा संलग्न पीडकलाई कारवाही न्यायको माग राख्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएको एक महिना हुन लाग्दा समेत उजुरी दर्ता नभएको र प्रहरीबाट ठोस जानकारी प्राप्त नभएपछि पीडित परिवारले सरकारी वकिल कार्यालयमा उजुरी दिन बाध्य भएको बताएका छन् । कोहलपुर नगरपालिका–११ कालिकानगरकी देवीसरा विकले पति धनसिंह कामी (विक) समेत ५ जनालाई लाई सुरक्षाकर्मीद्धारा २०५९ साल वैशाख १३ गते वेपत्ता पारिएको बिषयमा भाद्र १३ गते प्रहरीमा जाहेरी गर्न जाँदा उजुरी दर्ता नगरे पनि उनी पनि त्यस बिरुद्धमा सरकारी वकिल कार्यालयमा गएकि छन् ।

दुवै निवेदनपत्र बुझ्दै जिल्ला सरकारी वकिल कार्यालय बाँकेका न्यायाधिवत्ता बासुदेव शर्माले यस विषयमा आफ्नो केन्द्रिय कार्यालयसंग छलफल गरि निर्णय दिने बताएका थिए । यी दुवै मुद्धामा एडभोकेसी फोरमका तर्फबाट अधिवक्ता वसन्त गौतमले कानूनी सहायता दिएका छन् । निवेदन दर्ताका क्रममा पीडित परिवार, कानून ब्यवशायीसंगै इन्सेकका बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाको उपस्थिति रहेको थियो । द्धन्द्धकालमा बेपत्ता पारिएका आफन्त बर्षौसम्म सार्वजनिक नभए पछि बाँकेका बेपत्ता परिवार न्याय खोज्दै प्रहरी कार्यालयमा मुद्धा दर्ताका प्रयास गरेका थिए ।

२०६० साल मंसिर २३ गते धम्बोजीबाट सेनाले पक्राउ गरी बेपत्ता पारिएका भुपेन्द्रराज उप्रेतीको हालसम्म स्थिति सार्वजनिकरण नगरे पछि निजकी श्रीमती चन्द्रकला उप्रेतीले बेपत्ता पार्ने सैनिक अधिकारी बिरुद्ध गत भाद्र १३ गते जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय बाँकेमा गएकि थिईन । यसै गरि २०५९ बैशाख १३ गते घरैबाट आफ्ना पति धन सिंह कामीलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय कोहलपुरमा लगेकोमा हालसम्म बेपत्ता पारेको बिषयमा निजकी श्रीमती देउँसरा बिकले बेपत्ता पार्ने कार्यमा संलग्न सुरक्षा अधिकारी बिरुद्ध जाहेरी दर्ता गर्न एडभोकेसी फोरमका अधिवक्ता वसन्त गौतम इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, नेपालगंज उच्च बारका सचिव पदम पाण्डे,, राष्ट्रिय मानव अधिकार आयोग रमेश बहादुर ऐडी प्रहरी कार्यालय पुगेका थिए ।

पीडित परिवारले जाहेरी दर्ता गरि अपराध अनुसन्धान अघि बढाउन अनुरोध गर्दा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारले आफु यो समस्या प्रति संवेदनसिल रहेको बताए । उनले आफुले मिसिल अध्ययन गर्ने जनाउदै आवश्यक प्रक्रियाका लागी आफु प्रतिवद्ध रहेको बताएका थिए । आफुले डिआईजिसंग यस बिषयमा सोधेर एक दुई दिनमा खवर गर्ने बताएकोमा झण्डै एक महिना हुन लाग्दा जाहेरी दर्ता गर्ने नगर्ने बिषयमा ठोस जवाफ नदिए पनि पीडितहरु अधिकारकर्मी सहित जाहेरी दर्ताका लागी जिल्ला सरकारी वकिल कार्यालय बाँकेमा गएका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाले पनि सुरेश वली र राधुलाल थारु समेतको २ वटा बेपत्ता घटनाको जाहेरी सरकारी वकिल कार्यालयसंग परामर्श गर्न समय माग्दै दर्ता नगरेकोमा हालसम्म पनि ठोस जवाफ नदिएको अधिवक्ता वसन्त गौतमले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया