अस्पताललाई कुरुप बनाउने गरी भेरी अस्पताल नेपालगन्जको जग्गामा निर्मित सटरहरु शुक्रबार भत्काइएको छ । यसअघि बर्षौदेखि अस्पतालले आफ्नो जग्गामा बनेको सटर भत्काउने प्रयास सफल हुन सकेको थिएन । खासगरी अस्पतालका सटरमा यसअघि नियम विपरित औषधी पसल, प्रयोगशाला समेत राखिएका थिए । पटकपटक अस्पतालले सटर खाली गर्न गरेको प्रयास सफल भएको हो ।

अस्पताल प्रशासनले अस्पतालमा रहेका सटर खाली नगरेपछि बुधबार ताला लगाएको थियो । त्यसपछि सटरमा रहेको मालसामान झिक्न समय दिएको अस्पतालले शुक्रबार डोजर लगाएको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी छन् ।
अस्पतालले यसअघि नै सटर भत्काएर अस्पताल सौन्दर्यीकरणका लागि आवश्यक डिपिआरका लागि सरोकारवाला निकायमा पत्र पठाइसकेको छ ।