नेपाल चिकित्सक संघ भेरीको अध्यक्ष लगायत पदाधिकारी सर्वसम्मत भएका छन् । उम्मेदवारीको अन्तिम दिन पदाधिकारीमा एक/एक जनाको मात्रै उम्मेदवारी परेपछि सर्वसम्मत भएको हो । पाँच सदस्य रहने कार्यसमिति सदस्य पदमा भने ६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ताको समय अझै बाँकी रहेकाले कार्यसमिति निर्विरोध निर्वाचित हुने विश्वास गरिएको छ । संघको निर्वाचन आगामी असोज १३ गतेका लागि तोकिएको छ ।

निर्वाचन समितिका अनुसार, संघको अध्यक्ष पदमा डा. विनोद थापा, उपाध्यक्षमा डा. खगेन्द्र जंग शाह, सचिवमा डा. दिनेश कुमार चौधरी, सहसचिवमा डा. प्रविण कुमार गुप्ता, कोषाध्यक्षमा डा. प्रचण्ड गौतम, सह कोषाध्यक्षमा डा. राजेश कुमार मण्डलको उम्मेदवारी परेको छ । एक पदमा एक जनाको मात्रै उम्मेदवारी परेकाले पदाधिकारी सर्वसम्मत भएका हुन् ।
पाँच जना सदस्यका लागि डा. राहुल मिश्र, डा. विवेक आचार्य, डा. कृष्ण प्रसाद अधिकारी, डा. पारस श्रेष्ठ, डा. नविन बुढाथोकी, डा. विजय उपाध्यायको उम्मेदवारी परेको छ ।