ओलीको अयोध्या र हिन्दूहरुको झगडा

गतबर्ष कम्यूनिष्टको दुईतिहाईका सर्वशक्तिमान भनिएका तत्कालिन प्रधानमन्त्री के.पी. शर्मा ओलीले ‘सधैं जनता लडाइ राख यसैमा तिम्रो सत्ता अझ मजबुत हुँदै जानेछ’ कम्यूनिज्मको शिक्षादिक्षालाई भगवान श्रीरामसँग ल्याएर जोडिदिए । समाज सधैं वर्गीय हुन्छ, यहाँ सधै. वर्गीय संघर्ष चलिरहेको हुन्छ । सधैं हुनेखाने र हुँदाखानेको बीचमा द्धन्द हुन्छ । यसैलाई साम्यपार्छु भन्दै साम्यवादको कोरा सपना बाँड्नेहरु कम्यूनिष्ट हुन्छन् । सर्वहाराको अधिनायकत्वको नाममा सबैआहार गर्दै सर्वहारालाई सधैं वैधानिक दास बनाउने र आफ्नो बाहेक अरुको अस्तित्व नै छैन भन्ने तानाशाह प्रबृतिको आचरण बोकेको नै कम्युनिष्ट हुन्छ । आफुहरु उनीहरुको भाषामा भन्दा महासामन्त को रुप धारण गरेपछि समाजमा बाँकी सबै हुँदाखानेबाट हुनेखानेमा उक्लिन्छन् भन्ने मान्यता यिनीहरुको हुन्छ । यो मैले होइन रसिया देखि उत्तरकोरिया हुँदै नेपालसम्मका कम्यूनिष्ट भन्नेहरुको चरित्र र व्यवहारले आजसम्म पुष्टि गरेको कुरा हो ।

कम्यूनिष्टको यहि चरित्रले त्यो शक्तिलाई आफ्नो मुठ्ठीमा राख्न समाजमा कुनै न कुनै द्वन्द्व ल्याइरहनुपर्छ । समाजमा अमनचैन भयो या विविधताभित्र सहृदयता, मेलमिलाप, नैतिकता र अपनत्व कायम भयो भने कम्यूनिष्टको सर्वहाराको नेतालाई खतरा पैदाहुन्छ । जहाँ बहुसंख्यक व्यक्तिहरु आफ्नो मौलिक धर्मसँस्कृति प्रति आस्थावान भएका हुन्छन् त्यहाँ त्यो सर्वहाराको नाइकेको सत्ताको चाबुक चल्दैन यसैले त्यसमा पनि द्धन्द नगराएमा उसलाई मसिहा मान्ने कोहि हुँदैन यसैले कम्यूनिष्टहरु जहाँजहाँ हुन्छन् त्यहाँ त्यहाँ उनीहरुलाई नै मसिहा मानिदिनुपर्छ या मरिदिनुपर्छ ।

यस्तो सोच र शिक्षाबाट हुर्केको एउटा कम्यूनिष्टको नेताले बहुसंख्यकको रुपमा रहेका यहाँका सनातनीहरुमा कित्ताकाट गराउन हुनसक्छ विवाद ल्याए । यसका लागि पछिल्ला केहि दिन देखि नेपाल र इण्डियामा सर्वाधिक चर्चाको बिषय बनेको श्रीराम जन्मभूमिको बारेमा बोलेर भगवान श्रीरामलाई भारतको र नेपालको भन्ने कित्ताकाट गराउन सजिलो अयोध्यामा मात्रै किन नेपालमा पनि छ भनिदिन । यो भन्दा पनि चर्चाका व्यक्ति र बिषय बनेका छन् नेपालका प्रधानमन्त्री के पी शर्मा ओली र उनको रामजन्मभूमि अयोध्याका बिषयमा दिएको प्रवचन । चौधौं शदाब्दी देखि नै विवादमा रहेको राम जन्म भूमि इण्डियाको फैजावाद हाल अयोध्या जिल्लामा रहे्को अयोध्या हो । जसलाई सनातनीहिन्दूहरुद्धारा त्रेता युगिन भगवान विष्णु अवतार श्रीरामको जन्मभूमि भनिन्छ । तर कम्यूष्टिहरुको सनातनीहरुमा फाटो नल्याएसम्म आफ्नो औचित्य पूष्टि नहुने नियतकै कारण नेपालका कम्यूनिष्टहरुको दुईतिहाइका प्रधानमन्त्रीले इण्डिया र नेपालका सनातनीहरुको बीचमा नै द्धन्द उब्जाउने मनसाय सहित नेपालमा अयोध्या रहेको दावा ठोकिदिए । उनले त्यसको बारेमा वास्तविक पुरातात्विक रुपमा यकिन कति गरे गरेनन् थाह भएन तर कुनै किटानी नगरिकनै निकै कुटनैतिक तर कडा रुपमा नेपालका प्रधानमन्त्री ओलीले रामायणको नेपाली अनुवादक भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेरै भगवान श्री रामको जन्मस्थानको बारेमा दिएको अभिव्यक्तिबाट सिँगो सनातनीहरुमा सम्बन्धको लक्ष्मणरेखा खिचिदिएको छ ।

इण्डियादेखि विश्वमा धेरै नै मिडियाबाजी मात्रै भएको छैन नेपालमा त यसले निकै चर्चा पाएको छ । उनले त रथयात्रा नै गारएर वालुवाटारबाट सीतारामको मूर्ति पठाएर यसलाई हिन्दी फिल्मको भाषामा भन्ने हो भने यो कथा रातारात अकस्मात नै सुपरहीट बनाइदिएका छन् । यसले नेपालमा रहेका अधिकाशं सनातनीहरुमा घरझगडा नै शुरु भएको छ । यस्तै झगडा ल्याउनु नै कम्यूनिष्टहरुको अन्तर्य हो, यो कुरा सनातनीहरुले बुझ्ने प्रयास नगर्नु पनि बिचित्रको बिडम्बना हो ।

नेपालका केहिले प्रधानमन्त्री ओलीले आफ्नै पार्टी भित्रबाट भएको भनिएको असहयोगलाई, आफ्नो सरकारको असफलतालाई ठाकछोप गर्न राममन्दिरको एजेण्डा ल्याएको मान्छन् । अर्का थरिले उनले इण्डियामा हाल रहेको राज्यको संस्थापनपक्ष हिन्दूवादी भाजपाको सरकारसँग बारगेनिङ बढाउन यो प्रयोग गरेका हुन पनि भन्छन् । तर यी दुबैथरिका भनाइसँग यो पङ्तिकारले सहमत हुने आधार देखेको छैन ।
कम्यूनिष्टको दुईतिहाइको प्रधानमन्त्रीलाईपुरै एक्लाउने खेल चलिरहेकै बेला यता स्थायी समिती बैठक, केद्रिय समिती बैठकहरु लम्बित हुँदै थिए भने ओली आफ्नो कम्यूनिष्ट नियतिलाई धर्मभित्र विवाद ल्याएर एउटा वर्गलाई आफुतिर आर्कषर्ण गर्ने र केहिलाई आफ्नो भनाइलाई खण्डन विश्लेषण गर्नतिर लागुन र उनलाई राजनीतिक फाइद होस् । यसैले उनलाई बेलाबेलामा नेपालको इतिहासका बारेमा अनुसन्धान गर्नुपर्ने आवश्यकताको बारेमा नेपालका विद्दत वर्गले सुझाइरहेका बेला भानुभक्तको जन्म दिन पारेर राममन्दिरको घोषणा राम्रो उपाय देखिएको थियो । उनले धर्ममा झगडा खोज्दै भगवान रामको नेपाल िनागरिकता बनाइदिए । श्रीराम नेपालको अयोध्यापुरीमा जन्मेको भन्ने भनाइ राखिदिँदा इण्डियाको लागि भिरबाट खसे जत्तिको हुनु स्वभाविक नै थियो । त्यहाँका मिडियाका लागि यो भन्दा ठूलो मुद्दा नै अर्को बन्ने कुरा पनि थिएन । भाजपालाई झड्का लाग्नु पनि स्वभाविक थियो ।

उनको पछिल्लो रामायणको बालकाण्डले आस्थाको जमिनमा कति आघात पुर्यायो या पुर्याएन भन्ने कुरा यहाँ चर्चाको कुनै बिषय नै होइन । तर सनातनीहरुको घरमा कित्ताकाट भने अवस्य ल्याएको छ ।

सनातनीहरुमा अहिले रामका नाममा प्रष्टरुपमा क्षेत्रियताको रेखा कोरिएको छ । एकाथरी श्रीराम जन्मभूमि त अयोध्या नै हो नेपालमा होइन भन्ने प्रवचन बाँढेर हिँड्न लागेको छ भने अर्कोथरि श्रीरामभित्र राष्ट्रवादको सीमारेखा कोरेको छ । श्रीराम जन्मभूमि कहाँ थियो भन्ने कुरा कसैलाई पनि थाहछैन । रामायणमा दर्साइएका स्थानहरु, खोलानाला वन आदीको आधारमा वर्तमानसँग दाँजेको मात्रै हो । इण्डियाको अयोध्या निकै लामोसमय देखि नै सनातनीहरुले रामजन्मभूमिको रुपमा स्वीकार गरेको तथ्य हो । यता नेपालको रामजन्मभूमि भनेको वाल्मिकी आश्रमको रुपमा इण्डियाले मानेको हो । सीताको जन्मभूमि जनकपुरधामका कतिपय सनातनीहरुको भनाइलाई मान्ने हो भने सीताको बिहेभएको घर नेपालको अयोध्यापुरी होइन इण्डियाको अयोध्या नै हो । अब यहाँ कसैको पनि कुराले भगवान श्रीरामको जन्मभूमि प्रमाणित गर्दैन । तर सनातनीहरुमा अन्तहीन विवाद भने जन्माएको छ ।

भगवान श्रीरामको जन्म कहाँ भएको थियो ? उनी नेपाली थिए कि इण्डियन भन्ने पनि यहाँ कुनै प्रश्न होइन । भगवान त भगावान नै हुन । उनी कहाँ जन्मे या जन्मेनन् त्यस कुराले भगवान श्रीराममा आस्था राख्नेहरुका लागि कुनै अर्थ राख्दैन । तर सनातनीहरुले आफ्नो सत्ताका लागि बिशेषगरि हिन्दू सनातनीहरुमा झगडा लगाउन जीन्दगी भरि माक्र्स लेनिन स्टालिन र माओको आर्दशलाई मानेर भौतिकताबाद नै सबथोक हो भन्ने र उनीहरु मात्रै सर्वशक्तिमान हुन भन्ने भ्रम समाजमा छरेर नेपाली अस्मिताको उछितो काढ्नेहरुको एजेण्डा सेट भएको छ । आफै पनि जिवनभर माक्र्सवाद र भौतिकतावादको सर्मथक रहेका ओलीले आजसम्म भगावान रामको अस्तित्वलाई स्वीकार गरेका छैनन् तर उनले सनातनीहरुलाई रामभगडामा अल्झाउन सफल भएका छन् ।

नेपाल वैदिक भूमि हो । नेपाल मानसखण्ड, गण्डकी प्रसवक्षेत्र हो । कैलाश मानसरोवरको क्षेत्र नेपाल हो । हिमवतखण्ड नेपालको अस्मितासँग दैवीशक्ति मात्रै होइन बिभिन्न पूजापद्धतिको उपासनाको केन्द्र पनि हो । यहाँका सनातनीहरु र अन्यत्रका सनातनीहरु बीचमा उपासनाका विधिहरुमा भिन्नता छ । यसैलाई आधार बनाएर सनातनीहरु आपसमा झगडिरहेको कथामा कम्यूनिष्टको श्रीराम जन्मभूमिको कार्डले थप झगडा बढाएर आफु आफुमै पानी बाराबार गर्नु र मञ्च समेत अलग गर्नु भनेको सनातनको रक्षामा ग्रहण लाग्नू हो । सबै सनातनीहरुले यसलाई गहिरिएर मनन गरौं । सनातन धर्म माथि सबैतिरबाट भैरहेको आक्रमणमा तनमन र धनले एकढिक्का भएर लागौं । कम्यूनिष्टले दल ्लगाएको भगवान श्रीरामको जन्मभूमिको आगोमा आफै पोलिएर भष्म हुनेतिर नलागौं ।

प्रतिक्रिया

प्रतिक्रिया