राप्ती पुलमा गयो युवकको ज्यान

बसको झ्यालबाट टाउको बाहिर निकाल्दा बुधवार एक जनाको ज्यान गएको छ । डुडुवा गाउँपालिका–४ राप्ती पुलस्थित सडकमा भे.१ ख १४८३ नम्बरको बसमा सवाररत गेरुवा गाउँपालिका–१ पाताभार बस्ने १५ वर्षीय आदर्श परियारको ज्यान गएको हो । झ्यालबाट टाउको बाहिर निकालेर नदि नियालीरहँदा पुलको खम्बामा ठोक्किँदा परियारको ज्यान गएको प्रहरीले जनाएको छ ।


बाँके प्रहरीले दिएको जानकारी अनुसार, पुलको खम्बामा ठोक्किएर गम्भीर घाइते भएका परियारको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा ज्यान गएको थियो । घटनालाई लिएर बस चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा राखिएको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया