बाँके, बर्दियामा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुले खेतीपाती नष्ट मात्रै गरिदिएका छैनन् मानिसको ज्यानैसम्म लिएका घटनाहरु बढ्दो रुपमा रहेको छ ।
निकुञ्ज क्षेत्रमा वन्यजन्तु, खासगरी बाघ र हात्तीको आक्रमणको जोखिम बढेपछि एक्लै पैदलयात्रा तथा दुई पाङ्ग्रे सवारी साधनमा हिड्नु जोखिमपूर्ण भएको छ । बाँके, बर्दियामा मानिसले लगाएका खेतीपाती समेत जंगली जनावरले नष्ट गरिदिने मात्रै होइन घर समेत भत्काउने गरेको छ । जसले गर्दा हरेक बर्ष निकुञ्जले क्षतिपूर्ति वापतको रकम वितरण गर्दै आएको छ ।
राष्ट्रिय निकुञ्ज घोषणा गर्नुको पहिलो उद्देश्य भनेको त्यहाँ रहेका वन्यजन्तुको संरक्षण हो । तर, निकुञ्ज नै वन्यजन्तु मैत्री नहुँदा प्रत्येक बर्ष कुनै न कुनै कारणले वन्यजन्तुको मृत्यु हुने गरेको छ । साथै वन्यजन्तु र मानव बीच द्वन्द्व सिर्जना हुने गरेको छ । आहारा तथा पानीको कमीका कारण बेला बखत वन्यजन्तु निकुञ्ज बाहिर आउन बाध्य हुन्छन् । निकुञ्ज भित्रको आहारको कमी, निकुञ्ज भित्र नै रहेको सडक उनीहरुका लागि खतरा बन्दै गएको पाइन्छ । वन्यजन्तुको बासस्थानको क्षेत्र खुम्चिनु, वन्यजन्तुको आहारामा कमी आउनु, वनमा डढेलो लाग्नु, क्षयीकरण हुनु, संरक्षित क्षेत्रमा जैविक मार्ग सहज नहुनु, मानिसको बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको हो। विष, पासो तथा विभिन्न विधिले वन्यजन्तु मारिँदै आएका छन् । वन्यजन्तुको संख्यामा आएको बृद्धिसँगै एकातिर मानव वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन र अर्कोतर्फ वन्यजन्तुको चोरी शिकार, वन्यजन्तुका अंगप्रत्यांग अवैध व्यापार, समस्याग्रस्त वन्यजन्तुको उद्दार, व्यवस्थापन जस्ता समस्या र चुनौती रहेको संरक्षणकर्मीको भनाई छ ।
बाँके, बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका बासिन्दा त्रसित भएका छन् । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका हुन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको निकुञ्जका अधिकारीहरु बताउँछन् ।
वन्यजन्तुको बासस्थान क्षेत्रमाथिको अतिक्रमण, वन्यजन्तुको आहारामा कमी तथा मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छोडी गाउँ बस्तीमा पस्ने गरेको देखिएको छ । यसबाट वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको घर, खेत र कृषि बाली नोक्सानी हुनुका साथै मानवीय क्षतिमा समेत वृद्धि हुँदै गएको छ ।
निकुञ्ज बीच भौतिक निर्माण
मानव–वन्यजन्तु दुवै असुक्षित
निकुञ्ज क्षेत्रमा हुने भौतिक निर्माण वन्यजन्तु र मानव दुवैका लागि असुरक्षित हुने गरेको छ । निकुञ्ज बीच भएको सडकका कारण मानव र वन्यजन्तु दुवै असुरक्षित हुने गरेका छन् । वन्यजन्तु सडकमा आएर मानवलाई आक्रमण गर्ने र सवारी साधनको ठक्कर तथा नहर जस्ता संरचनामा परेर वन्यजन्तुको मृत्यु हुने घटना बाँकेमा पछिल्ला बर्षहरुमा पाइने गरेको छ । बाँके निकुञ्ज अन्तर्गत पर्ने सडक तथा निकुञ्ज क्षेत्रमा पर्ने सिक्टा नहरका कारण वन्यजन्युको मृत्यु हुने गरेको छ भने वन्यजन्तुले निकुञ्ज आसपासका बस्तीमा पुगेर खेतीपाती तथा व्यक्तिका घरमा क्षति पुर्याउने गरेको छ ।
बाँके निकुञ्जले प्रत्येक बर्ष जस्तो वन्यजन्तुले सर्वसाधारणका खेतीपाती तथा ज्यान लिएको घटनामा क्षतिपूर्ति दिंदै आएको छ । आर्थिक वर्ष २०७६।०७७ मा जम्मा २० थान मुद्दा ®ाष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सं®क्षण ऐन, २०२९ अनुसा® दर्ता भएको थियो । जसमध्ये काठ चो®ी निकासी सम्बन्धि ११, वन्यजन्तु सम्बन्धि ९ वटा ®हेको छ । २० थान मुद्दा मध्ये २० थान यस कार्यालयमा दर्ता भएको थियो ।
बाँके राष्ट्रिय निकुञ्जमा आ.व. ०७५÷०७६ मा भएको सडक दुर्घटनामा ४५ वटा वन्यजन्तु मारिएका छन् । निकुञ्जमा आ.व. ०७४÷७५ मा ७२ वटाको बन्यजन्तुको मृत्यु भएको थियो भने आर्थिक वर्ष ०७३÷०७४मा ८३ वटा वन्जन्तुको सडक दुर्घटनावाट मृत्यु भएको थियो । वन्यजन्तु संरक्षण गर्ने क्रममा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आर्थिक वर्ष ०७५÷७६ मा वर्षमा ४ सय ३१ वटा वन्यजन्तुको उद्दार गरेको तथ्यांक निकुञ्जमा रहेको छ । निकुञ्जले आ.व. ०७४÷७५ मा ११ वटा वन्यजन्तुको उद्दार गरेको थियो । राष्ट्रिय निकुञ्जमा दुर्घटनाका कारण गत आ.व. २०७७÷०७८ को माघसम्म ३० वटा वन्यजन्तु मारिएका थिए ।
बाँके राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुका कारण आ.व. ०७५÷०७६ मा ४ सय १८ घरधुरीमा क्षति पुगेको निकुञ्जको तथ्यांक छ । उनीहरुलाई क्षतिपूर्ति वापत निकुञ्जले ६० लाख ९३ हजार ४२ रुपैयाँ उपलब्ध गराइएको छ । आर्थिक वर्ष ०७४÷०७५ मा बाँके निकुञ्जको वन्यजन्तुले ३ सय ५ घरधुरीमा क्षति पुर्याएका थिए । उक्त आ.व.का वन्यजन्तु पीडितहरुलाई १४ लाख २८ हजार ७२ रुपैया वितरण गरिएको निकुञ्जले जनाएको छ ।
निकुञ्जले वन्यजन्तु जोगाउन, उनीहरुको संरक्षण र सुरक्षाका लागि विभिन्न खालका गतिविधि गर्दै आएको जानकारी दिएको छ । निकुञ्जमा वन्यजन्तुको आहारा बढाउने, पानीको व्यवस्थापन गर्ने, चोरी शिकारी नियन्त्रणका लागि निगरानी गर्ने, वन्यजन्तुको व्यवहार अध्ययन गर्ने कार्य हुँदै आएको छ । निकुञ्ज भित्र रहेको सडकमा गुड्ने यातायातका कारण हुने दुर्घटनामा वन्यवन्तुको ज्यान जान थालेपछि यातायातको गति ४० किलोमिटर प्रतिघण्टा निर्धारण गत बर्ष नै कार्यान्वयनमा ल्याइएको थियो ।
मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन एक चुनौतीको रूपमा ®हेको निकुञ्जका अधिकारी बताउँछन् । बाँके राष्ट्रिय निकुञ्जमा निकुञ्ज ® मध्यवर्ती मुख्य ग®ी मानव ® हात्ती, बाघ, चितुवा, बँदेल, चित्तलहरूको द्वन्द्व देखिएको छ । द्वन्द्व न्यूनिक®ण अन्र्तगत मध्यवर्ती क्षेत्रमा हालसम्म ४९९४८ मि. भन्दा बढी मेसजाली सहितको ता®वा®, ६ कि.मि. सोला® ता®वा®, वैकल्पिक खेती (मेन्था, क्यामोमाइल, कु®िलो, कागती), पु®न्धा®ा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्र्तगत ®हेका १४ घ®धु®ीलाई सोला® विव®ण, फुर्केसल्ली मलई मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्र्तगत ®हेकालाई ®ाष्ट्रिय प्रकृति सं®क्षण कोष बर्दिया सं®क्षण कार्यक्रमको आर्थिक सहयोगमा सुधा®िएको बाख्राको खो® निर्माण लगायतका कार्य विगतमा गरिएका थिए ।
हिंस्रक बाघको खोजी
११ घण्टा पैदल र दुई पाङ्गे्र एक्लै हिड्न रोक
समाचारदाता
दैनिक नेपालगन्ज
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत गाभरमा ४५ बर्षीय एक पुरुषको बाघको आक्रमणमा निधन भएपछि त्रास फैलिएको छ । बाघको आक्रमणपछि निकुञ्ज क्षेत्र वरपरका बासिन्दा तथा राजमार्ग भएर हिड्ने यात्रुहरु त्रसित छन् ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले आक्रमणकारी बाघको निगरानीका लागि टोली खटिएको जानकारी दिएका छन् । ‘बाघले पुनः आक्रमण गर्ने जोखिम रहेकाले तत्कालका लागि निकुञ्ज क्षेत्र र राजमार्गमा पैदल तथा दुई पाङ्ग्रे सवारीलाई एक्लै हिड्न रोक लगाएका छौं’, उनले भने, ‘राजमार्ग भएर हिड्ने दुई पाङ्ग्रेका यात्रु सुरक्षाका लागि समूहमा मात्रै हिड्ने व्यवस्था मिलाएका छौं ।’ संरक्षण अधिकृत शाहले हालका लागि बेलुकी ७ देखि साँझ ६ बजेसम्म असुरक्षित यात्रा गर्न नदिइने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले पनि बाघले पुनः आक्रमण गर्ने सम्भावना रहेकाले असुरक्षित रुपमा निकुञ्ज क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसै निकुञ्ज आसपासको बस्तीमा पाटेबाघ देखिने गरेकाले नागरिकको सुरक्षाका लागि निकुञ्जमा तैनाथ अर्जुनवाण गणका सुरक्षाकर्मी, नेपाल प्रहरी र हात्ती सहितको प्राविधिक टोलीबाट नियमित रुपमा पाटेबाघको निगरानी गरिंदै आएको जानकारी दिएको छ ।
((