बेरोजगारीको पीडा, जोखिममा वैदेशिक रोजगारी

गत दुई बर्ष विश्व नै कोरोनाको संक्रमणबाट त्रसित रह्यो । विभिन्न देशमा श्रम, अध्ययन तथा विभिन्न प्रयोजनका लागि गएका नेपाली घर फर्किए । तर, कोरोना संक्रमण लामो समय रहँदा तथा स्वदेशमा रोजगारी नपाएपछि पुनः विदेशिने क्रम सुरु भएको छ ।

श्रम, रोजगार र तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्क अनुसार, आ.व. २०७७/७८ मा ६१ हजार ४ सय २८ जना विदेशिएका छन् । यो तथ्यांक श्रम स्वीकृति लिएर भारत बाहेकका देश जानेहरुको हो । तथ्यांकले कोरोना जोखिमका बेला पनि रोजगारीका लागि विदेशिनु परेको देखाएको छ । त्यसअघि आर्थिक वर्ष २०७६/७७ मा नेपालबाट १ लाख ९० हजार ४५३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । दुई आ.व. कोरोनाबाट प्रभावित थियो । अन्तर्राष्ट्रिय उडान ठप्प हुनुका साथै विभिन्न देशका रोजगारदाता कम्पनी समेत बन्द रहेको अवस्था थियो ।

अहिले विश्वमा कोरोनाको जोखिम घटेपनि कुनै देशमा बढ्दो त कतै घट्दो क्रममा रहेको छ । तर, जोखिम मोलर भएपनि विदेशिनेहरुको संख्या बढ्दै गएको पाइन्छ । भारतमा कोरोना बढेपछि पहिलो लहरमा फर्किएका नेपाली केही महिनापछि अन्तर्राष्ट्रिय नाका बन्द हुँदा पनि भारत फर्केका थिए रोजगारीका लागि । भारतमा दोस्रो लहरका बेला फर्किएका नेपाली श्रमिक पुनः भारत तर्फ लागि रहेको दैनिक सीमामा देख्न सकिन्छ ।

हिन्दुहरुको पर्व सुरु हुँदैछ । यतिखेर श्रमका लागि भारत जाने समय होइन । बरु असोजमा भारतबाट कमाएर दशै मान्न नेपालीहरु फर्कन गर्दथे । तर, यसपटक दैनिक रुपमा भारत जानेको घुइँचो बाँकेको जमुनाह नाकामा देख्न सकिन्छ ।

कोरोनाका कारण भारत बाहेकका देशमा वैदेशिक रोजगारीमा जाने भने घटेका थिए । तर, कोरोनाको त्रास कम हुँदै गएपछि तथा कतिपयले खोप लगाएपछि पुनः वैदेशिक रोजगारीमा जान थालेका हुन् ।

कोरोना महामारीले आर्थिक वर्ष २०७६/७७ को चैतबाट वैदेशिक रोजगारीमा कठिनाई भएको हो । पहिलो चरणको कोरोना महामारीले दुई दशकयता वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा २० प्रतिशतभन्दा कम गिरावट आएको तथ्यांक थियो । तर, दोस्रो लहरको कोरोना महामारीले आर्थिक वर्ष २०७७/७८ मात्रै ६० प्रतिशतले कमी आएको छ । यसले गर्दा आन्तरिक बजारमा थप बेरोजगारको संख्या थप्दै गएको देखिन्छ । साथै, यससँग सम्बन्धित व्यवसायी झन मारमा परेको व्यवसायीहरूको भनाइ छ ।

कोरोना संक्रमणका कारण रोजगारीका क्षेत्रमा आएको गिरावट र हवाईलगायतका सरोकार राख्ने क्षेत्र लामो समय बन्द हुँदा यसको असर नेपालको वैदेशिक रोजगारीको क्षेत्रमा परेको उनीहरूको भनाइ छ ।

श्रम, रोजगार र तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७५/७६ मा श्रम स्वीकृति लिएर विदेशिने नेपाली कामदारको संख्या २ लाख ३६ हजार २०८ रहेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा नेपालबाट १ लाख ९० हजार ४५३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

करिब दुई दशकपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या खुम्चिएको छ । नेपालको श्रम बजारमा वर्षेनी प्रवेश गर्ने साढे ४ लाख वैदेशिक रोजगारीमा जाने गर्दै आएकोमा विगत दुई दशकयता सबैभन्दा बढी गिरावट आएको हो । पछिल्लो २७ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या ५५ लाख नाघेको छ । यो संख्या नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको मात्र हो । अवैध तरिकाले वैदेशिक रोजगारीमा जानेको संख्या यसमा जोड्दा अझ बढी हुनसक्छ । तर, लामो समयपश्चात कोरोनाले गर्दा शतप्रतिशत वैदेशिक रोजगारी खुम्चिएको यो पहिलो पटक हो ।

श्रम, रोजगार र तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २७ वर्ष अर्थात आर्थिक वर्ष २०५०/५१ देखि २०७७/७८ सम्मको अवधिमा श्रम स्वीकृति लिएर कूल ५५ लाख ६४ हजार ७९ जना रोजगारीको लागि विदेशिएका छन् ।

बाँकेबाट २ हजार ७ सय ८० सिफारिस

विदेश जानेहरुका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले मात्रै गत आ.व.मा २ हजार ७ सय ८० वटा राहदानी सिफारिस गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले राहदानी २ हजार २ सय ६३ र दु्रत राहदानी सिफारिस ५ सय १७ वटा गरेको हो ।

राहदानी काठमाडौंबाट नै बन्ने भएपनि जिल्लामै सबै प्रक्रिया पुरा गरी यहीबाट लिन सकिन्छ । जिल्लामा वैदेशिक रोजगार, आफन्त भेटघाट तथा अध्ययनका लागि राहदानीका लागि सिफारिस लिने गरिन्छ ।

हाल नेपालबाट अन्तर्राष्ट्रिय उडान नियमित रुपमा भैरहेकाले वैदेशिक रोजगारीमा जानेहरु बढ्दै जाने अनुमान गरिएको छ ।

आठ महिनामा ६६ हजार बढी विदेशी पर्यटक भित्रिए

समाचारदाता

सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६६ हजार नौ सय ६६ विदेशी पर्यटक नेपाल आएका हुन् । अगष्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिएका छन् ।
अघिल्लो वर्ष सन् २०२० को सोही महिनामा जम्मा २६५ मात्र पर्यटक आएका थिए । कोभिड–१९ अघि सन् २०१९ को अगष्टमा ९४ हजार ७४९ पयटक नेपाल आएको तथ्याङ्क छ । कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको संख्या निराशाजनक देखिन्छ ।
बोर्डका प्रवक्ता मणि लामिछानेले महामारीकैबीच पनि झिनो संख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका बताउनुभयो । उनका अनुसार, यो वर्षको जनवरी महिनामा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३ र जुलाईमा दुई हजार ९९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया