बाँके प्रहरीले विमानबाट आएका दुई यात्रुलाई चार किलो सुन सहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार दिएको जानकारी अनुसार, शुक्रबार काठमाडौंबाट श्री एअरको बिमानबाट नेपालगन्ज आएका झापा र मोरङका दुई जनाको तलासी गर्दा जुत्ताको तलुवामा लुकाएर ल्याएको चार किलो काँचो सुन र अढाई तोला गहना बरामद गरिएको हो ।
बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले झापाका लगुन विश्वकर्मा र मोरङका बुद्दीमान खातीलाई शुक्रबार दिउँसो ३ बजे नेपालगन्ज विमास्थलको आगमन कक्ष बाहिर पट्टी शंकास्पद रुपमा रहेको देखेपछि प्रहरीले सोधपुछ गरेको थियो । उनीहरुलाई चेकजाँच गर्ने क्रममा अमिर लगुन विश्वकर्माले लगाएको दायाँ÷वायाँ जुत्तामा सुनको २÷२ विस्कुट र बुद्धिमान खातीले लगाएको दायाँ÷वायाँ जुत्ताको तलुवामा १÷१ पिस सुनको विस्कुट गरि जम्मा ६ थान सुनको बिस्कुट फेला परेको हो । उनीहरुको तुलनमा फेला परेको काँचो सुनको तौल काँचो सुन ३ किलो ९९४ ग्राम रहेको प्रहरीले जानकारी दिएको छ ।
बुद्धिमान खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा थप तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थान गहना पनि बरामद भएको छ । उक्त गहनाको तौल २७.४९ ग्राम रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुबाट कुल ४ किलो २१.४९ ग्राम सुन प्रहरीले फेला पारेको हो । बाँके प्रहरी प्रवक्ता डिएसपी न्यौपानेले घटनाबारे थप अनुसन्धान भैरहेको जानकारी दिएका छन् ।