डिजिटल नेपालगन्जका लागि अभियान

स्मार्ट मोवाइल फोनबाटै सम्पूर्ण वित्तीय कारोबारको सुविधालाई जनसमक्ष पुर्याउन डिजिटल नेपालगन्ज अभियान थालिएको छ । त्यसका लागि आवश्यक वित्तीय सचेतनाका लागि एफवन सप्टका ग्रुप चिफ अपरेटिंग अफिसर शिशिर पछाई र ई सेवाका विजनेश डेभेलपमेन्ट हेड आशीष प्रसाईंसहितको टिम नेपालगन्जमा सक्रिय भएको हो ।


एक हिसाबले यो अब प्रविधिको युगमा वित्तीय साक्षरता अभियाननै हो, नेपालगन्जका उद्योगी व्यवसायीहरुका विभिन्न प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुसँगको अन्तक्र्रियात्मक भेटपछि एफवन सप्टका ग्रुप चिफ अपरेटिंग अफिसर शिशिर पछाईले दैनिक नेपालगन्जसंग भने, क्यासलेस कारोबार राज्यको प्राथमिकता भएकाले पनि हामी सबैको अभियान डिजिटल नेपालगन्जका लागि केन्द्रीत हुनुपर्छ ।


मुलुकका ठुला आर्थिक गतिविधि हुने प्रमुख सहरहरुको तुलनामा नेपालगन्ज वित्तीय कारोबारमा प्रविधिको प्रयोगका लागि निकै पछाडि देखिएको छ । यो परम्परागत सहर भएकाले पनि हो, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले भने, त्यो भन्दा ठुलो कुरा आर्थिक पारदर्शिताका लागि डिजिटल नेपालगन्ज निकै महत्वपूर्ण पक्ष हो । त्यसका लागि वित्तीय साक्षरतामा सम्बद्धहरुको लगानी आवश्यक भएको श्रेष्ठको ठम्याइ थियो ।

ई सेवाका विजनेश डेभेलपमेन्ट हेड आशीष प्रसाईले ५ लाखबढी लक्षित वर्ग रहेको नेपालगन्जमा एक प्रतिशतमात्रै डिजिटल वालेटमा पहुँच र प्रभाव देखिएको जानकारी दिए । यो हाम्रा लागि चुनौती पनि हो र अवसर पनि, प्रसाईंले भने, त्यसका लागि हामी साक्षरता अभियाननै लिएर नेपालगन्ज आएका हौं । प्रसाईंले त्यसो भनिरहँदा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर ध्यानपूर्वक सुन्दै थिइन् । थापाले अन्तिममा सबैका कुरा सुनेपछि यो अभियान नेपालगन्ज उपमहानगरपालिकाको चाहनानै हो ।

प्रतिक्रिया

प्रतिक्रिया