पक्राउ नगरी थुनाको दाबी !

विधुवा महिला निर्मला कुर्मीको कर्तव्य ज्यानको मुद्दामा अभियोग लगाइएका बादशाह कुर्मीलाई पक्राउ नै नगरि थुनामा राखेको झुठा कागज सरकारी वकील कार्यालयमा पेश गरि बयान गराइएको दाबी महिला अधिकार मञ्चले गरेको छ ।

बिगत ९ नौ महिना देखि विधुवा महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानको मुद्दामा अनुसंधान भैरहेको बाँके जिल्ला प्रहरी कार्यालयद्वारा महिला अधिकार मञ्चलाई जानकारी गराइएको उल्लेख गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको मञ्चले जाहेरीमा लेखिएका मुख्य दोषी बादशाह कुर्मीलाई पकराउ नै नगरी थुनामा नै नराखी कागजमा मात्र पकराउ गरेको कागज तयार पारिएको दाबी गरेको हो ।

‘प्रहरीले झुठा कागज तयार गरी बादशाह कुमीलाई पक्राउ गरि थुनामा राखिएको देखाई सरकारी वकील कार्यालयमा ब्यान गराई प्रहरीले छोडेको कुरा खुल्न आएको छ’, मञ्चका सकिना तेली र रुबि खानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘कानुनी प्रक्रियागत रुपमा दोषीलाई समाती म्याद थप गराई सरकारी वकील कार्यालयमा बयान गराई सकेपछि अदालतमा पेश गर्नु पर्ने सम्मानित अदालतको मर्यादा रहने गरि कानुनी प्रक्रियागत रुपमा दोषीलाई पक्राउ गरि कानुनी प्रक्रिया अनुसार अदालतमा पेश नगरेकोमा यस महिला अधिकार मञ्चको घोर आपत्ति छ ।’

मञ्चकै अगुवाईमा आइतबार जिल्ला प्रशासन कार्यालय बाँके अगाडि प्रदर्शन समेत गरिएको छ ।
गत साउन ६ गते बिहान नन्कुनीको शव आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । तर, उक्त घटनामा बाँके पुलिसले प्रभावकारी अनुसन्धान समेत गर्न चासो नदेखाएको, घटनाको ढाकछोप गर्न खोजेको आरोप महिला अधिकारकर्मीहरुले लगाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया