बलात्कारको आरोपमा अदालतले अपराध पुष्टि गरिसकेका एक फरार अभियुक्तलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकेको कोहलपुर न.पा.७ लखनवा बस्ने ६५ वर्षीय खागा थारुलाई फरार भएको दुई वर्षपछि मंगलवार पक्राउ गरि अदालतमा बुझाएको हो ।
बाँके प्रहरीले दिएको जानकारी अनुसार, ज.ज.क.मुद्दामा जिल्ला अदालत बाँकेको २०७६ असार ११ गतेको फैसलाले उनलाई २ वर्ष ५ महिना ७ दिन कैद तोकिएका थियो ।
त्यसलगत्तै फरार अवस्थामा रहेका निजलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाइएको प्रहरीले दिएको जानकारीमा उल्लेख छ ।