बाँके युनेस्कोले समुदायस्तरमा मानव बेचविखन रोकथाम गर्न चार पालिकाका अभियन्तालाई तालिम सञ्चालन गरिरहेको हो

मानवबेचविखन रोकथाममा क्रियाशिल अभियन्ताहरुका लागि नेपालगन्जमा सशक्तिकरण थालिएको छ । त्यसका लागि बाँके युनेस्को क्लबले ‘अभियन्ताहरुको टीम विकास र विपद्को अवस्थामा बाल संरक्षण’ तालिम सञ्चालन गरेको हो ।
प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत मानवबेचविखन विरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मुल नाराका साथ छनोट गरिएका युवा अभियन्ताका लागि सो तालिमको सञ्चालन गरिएको क्लबले जनाएको छ ।
क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले समुदायका युवाहरुलाई मानव बेचबिखन, बालअधिकार र बालसंरक्षणको क्षेत्रमा सक्षम बनाउने अभियान थालिएको बताए । सिद्दिकीका अनुसार, बाँके जिल्लामा मानव बेचबिखनको रोकथाम र सम्बोधन कार्यलाई एउटा अभियानको रुपमा संचालन गर्न युवा अभियन्ताहरुलाई तालिम सञ्चालन गरिएको हो ।
तीन दिनसम्म चल्ने तालिममा नेपालगन्ज उपमहानगरपालिकाबाट ५, कोहलपुर नगरपालिकाबाट ५, बैजनाथ गाउँपालिकाबाट ६ र खजुरा गाउँपालिकाबाट ५ जना गरी जम्मा २१ जना अभियन्ताको सहभागिता रहेको छ ।
बिपद् अबस्थामा बालबालिकाहरुले ब्यहोर्नु पर्ने जोखिम, त्यो समयमा बालबालिकाहरुका आबश्यकताको पहिंचान, सहयोगका क्षेत्रहरुमा तालिमले प्रशिक्षित गर्नेछ । बाँके युनेस्को क्लबका प्रोटेक्ट परियोजना अधिकृत महेश नेपालीले जोखिम कम गर्ने उपायहरु, जोखिम अबस्थाका बालबालिका र परिवारको पहिंचान, त्यसका बिधीहरु लगायत समग्र बाल संरक्षणको बिषयहरुमा प्रशिक्षण दिइने जानकारी दिए । नेपालीका अनुसार, कोभिड १९ ले समुदायमा र बालबालिकाहरुमा पारेको प्रभाव, यसको रोकथामका उपायहरु र कोभिड संक्रमित बालबालिकाहरुको आबश्यकता पुर्ति र उनीहरुको संरक्षणमा युवा अभियन्ताहरुको भुमिका र जिम्मवारीका बिषयमा पनि प्रशिक्षण दिइने छ ।

तालिममा बिपद्को अबस्थामा मानव बेचबिखन, बालबालिकाहरु माथी हुने हिंसा, शोषण, बेवास्ता, दुब्र्यबहार जस्ता कार्यहरुको रोकथाम र संबोधनका लागी युवा अभियन्ताले समुदायमा गर्न सक्ने कार्यहरुको सम्बन्धमा कार्ययोजना समेत निर्माण गरिने क्लबले जनाएको छ । तालिममा सागर भन्डारीले तीन दिनसम्म सहजीकरण गरिरहेको क्लबले जनाएको छ ।