नेपालगन्ज : जेब्रा क्रसिङमा वेवास्ता

नेपालगन्जका विभिन्न रोडमा बनाइएका जेब्रा क्रसिङ मेटिए पनि त्यसलाई दुरुस्त गर्नका लागि कसैले चासो दिएको पाइँदैन । जसले गर्दा बाटो काट्न असहज हुने गरेको यात्रुहरु बताउँछन् ।

नेपालगन्जका विभिन्न चोकमा बनाइएका जेब्रा मेटिएका हुन् । कतिपय चोकमा त जेब्रा नै बनाइएका छैनन् । जेब्रा नहुँदा बाटो काट्ने ठाउँमा दुर्घटनाको जोखिम बढी हुने ट्राफिक प्रहरी बताउँछन् । तर, त्यसलाई दुरुस्त गर्ने तर्फ सरोकारवालाले चासो लिएको पाइँदैन ।

नेपालगन्ज उपमहानगरपालिकाले सुर्खेतरोडमा जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम हुने भन्दै सडक छेउका डिभाइडरलाई सडकको बीच भागमा राखेर बाटो काट्न रोक लगाएको थियो । तर, कतिपय ठाउँमा बाटो काट्ने स्थानका लागि डिभाइडर सडकको बीच भागमा राखिएको छैन, न जेब्रा बनाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया