पत्रकार गैरेलाई मानवअधिकार पुरस्कार

दैनिक नेपालगन्ज पत्रिकाका प्रकाशक/प्रधान सम्पादक झलक गैरेलाई राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार पुरस्कार प्रदान गरेको छ । आयोगले सोमबार काठमाडौंमा आयोजित औपचारिक कार्यक्रम बीच पत्रकार गैरेलाई नगद ५० हजार सहित सम्मान गरेको छ ।

नेपालगन्जन्यूजडटकमका सञ्चालक समेत रहेका गैरेलाई आयोगले पत्रकारिताको माध्यमबाट मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदान वापत सम्मान गरिएको जानकारी दिएको छ । उनलाई आयोगका अध्यक्ष तप बहादुर मगरले प्रमाणपत्र र नगद हस्तान्तरण गरेका थिए ।

आयोगले आयोगको नेपालगन्ज स्थित कार्यालय प्रमुख झंकर रावल र सन्तोष चन्दलाई पनि पुरस्कृत गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया