नेपालगन्ज उपमहानगरपालिकाले ढिलै भएपनि इरिक्सा व्यवस्थापनका लागि ठोस कदम चाल्ने प्रक्रियालाई अगाडि बढाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको कार्य पालिकाको बैठकले उपमहानगरपालिकाको विधायन समितिबाट पेश भएको ‘इ–रिक्सा सञ्चालन व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७८’ संशोधन सहित स्वीकृत गर्ने निर्णय गरेको हो ।