
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका मुख्य भई काम गर्ने वरिष्ठतम न्यायाधीश डा. रत्न बहादुर बागचन्दले लोकतन्त्र कागजमा नभई ब्यवहारमा देखिनु पर्ने बताएका छन् ।
अदालतको बार्षिक प्रतिवेदनका सम्बन्धमा मंगलबार पत्रकारहरु कुराकानी गर्दै वरिष्ठतम न्यायाधीश बागचन्दले अदालतले न्यायका उपभोक्तालाई कसरि सहज तरिकाले गुणस्तरिय सेवा दिन सकिन्छ भनेर काम गरेको बताए । न्याय, समानता र आम नागरिकको सम्मानर्पुक बाँच्न पाउने अधिकारको संरक्षण अदालतले आफ्ना आदेश र फैसलामा मुखरित हुने बताउदै न्यायाधीश बागचन्दले जनताको न्यायको सवालमा पुलको काम गर्न पत्रकार आग्रह गरेका थिए । जनताको न्यायमा कसरी सहज पहुँच पुग्न सक्छ ? भन्ने बिषयमा संचार जगतको सुझाव महत्वपुर्ण हुने भन्दै न्यायाधीश बागचन्दले पत्रकार मैत्री अदालत संचालनका लागी आफु प्रतिवद्ध रहेको बताएका थिए । संचारमैत्री न्यायालयका लागी संचारकर्मीसंग सहकार्य गर्न अदालत तयार रहेको बताए ।
बार्षिक प्रतिवेदन माथि प्रकाश पार्दै नेपालगन्ज उच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुंगानाले कोरोना कहर र सिमित श्रोत साधनका बाफजुट अदालतले ५० प्रतिशत मुद्दा फछ्यौट गरेको जानकारी गराएका थिए ।
अदालतले रणनैतिक योजना अनुसार न्याय सम्पादनर्कोे गरेको उल्लेख गर्दै न्यायाधीश ढुगानाले न्याय सम्पादनको काम, न्यायका उपभोक्ता प्रति अदालतको जिम्मेवारी र अदालतका गरेका काम कारवाही बारे जनसमक्ष ल्याउने उद्देश्यले पत्रकारसंगको भेटघाट गरिएको बताएका थिए । न्याय सम्पादनका सिलसिलामा भएका असक्षमता, भएका त्रुटी र लक्ष्य अनुसार काम गर्न नसकेको कुरा आधार कारण सहित अदालतले भन्ने गरेको उल्लेख गर्दै न्यायाधीश ढुंगानाले न्यायिक सुशासनको अभिबृद्धि, न्यायका उपभोक्ता प्रतिको जिम्मेवारी बोधका साथ आगामी आर्थिक बर्षमा लक्ष्य अनुसार कार्य गर्न अदालत प्रतिबद्ध रहेको बताएका थिए ।
अदालतमा दायर भएका मध्ये देवानी मुद्दा मध्ये अंश मुद्दा सबै भन्दा रहेको र फौजदारी मुद्दामा यौनजन्य अपराध र लागु औषधी बढी रहेको न्यायाधीश ढुगानाले बताए । कोरोना कहरका बिचमा ५० प्रतिशत मुद्दा फछ्यौट भएको, न्यायमा पहुँच अभिबृद्धि पु¥याउन निशुल्क टोल फ्रि नम्बरको ब्यवस्था, बैतनिक कानून ब्यवसायीको ब्यवस्था, न्यायीक सुशासनको अभिबृद्धि गर्ने, निरिक्षण र अनुगमन, जुडिसियल आउट रिच कार्यक्रम, मिट द प्रेस लगायतका कार्यक्रमहरु गर्दै आएको न्यायाधीश ढुगानाले जानकारी गराएका थिए ।
अदालतले गर्दै आएका कार्यहरु बारे संचारकर्मीसंग अन्तरक्रिया गरि न्याय सम्पादनका कार्य आम जनतामा पु¥याउने, न्याय सम्पादनका कार्य प्रभावकारी बनाउने उद्देश्य मिट द प्रेश कार्यक्रम गरिएको अदालतका रजिष्ट्रार चिन्तामणि शर्माले बताए । न्याय सम्पादनका क्रममा भएका अदालती आदेश र फैसलाबारे संचार माध्याममा यथार्थ समाचार सम्प्रेषणमा लागि अदालत र संचारकर्मी बिच नियमित सम्बाद र अन्तरक्रिया जरुरी रहेको संचारकर्मीले बताएका थिए ।