कोरोना कहर बीच पनि १५ करोड लागतमा मार्ट

नेपालगन्जमा पहिलो अत्याधुनिक सुविधा सहितको मल निर्माण पूरा भएको लगानीकर्ता वेष्टर्न विजनेश गु्रपले जनाएको छ । लुम्बिनी प्रदेशकै पहिलो मलका रुपमा रहेको दाबी गरिएको मल छिट्टै सञ्चालनमा आउने कम्पनीका अध्यक्ष सञ्जय थापाले जानकारी दिए ।
मलमा ६० बढीलाई रोजगारी दिनेगरी ‘वेष्टर्न मार्ट’ सञ्चालन गरिने भएको छ । वेष्टर्न विजनेश गु्रपको मुख्य लगानी रहने मार्टमा १५ करोडको लगानीमा आवश्यक तयारी अगाडि बढिसकेको मार्टका अध्यक्ष प्रकाश लामिछानेले जानकारी दिए । ‘स्थानीय लगानीलाई स्थानीय स्तरमै उपयोग गर्ने मुख्य उद्देश्यका साथ वेष्टर्न विजनेश गु्रपले अत्याधुनिक मार्ट सञ्चालनमा ल्याउन लागेको हो’, शनिबार पत्रकार सम्मेलनमा अध्यक्ष लामिछानेले भने, ‘एक महिनाभित्रै सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाइएको छ ।’

मलमा रहेको ५० हजार स्क्वायर फिट क्षेत्रफल भित्र बिभिन्न ब्राण्डका सोरुमहरु, मनोरञ्जनका साधनहरु र बिषेश गरी बच्चाहरुलाई लक्षित गरि इनडोर गेमिङ्ग जोन रहने कम्पनीले जनाएको छ । ‘यसका अलावा अन्तराष्ट्रिय स्तरको सेलुन, सौना तथा स्पा, फुड कोर्ट समेत रहने छ,’ वेस्र्टन बिजनेस गु्रपका अध्यक्ष सञ्जय थापाले भने, ‘नेपालगन्जमै पहिलो पटक साना तथा महिला उद्यमीलाई लक्षित गरी ससाना स्टलका रुपमा कियोस्स स्टोर अन्यन्तै न्यून भाडादरमा उपलब्ध गराउने लक्ष्य यस मलले लिएको छ ।’

‘मल भनेको किनमेल गर्ने स्थानका रुपमा मात्र नभएर मनोरञ्जन र फुर्सदको समय व्यवस्थित गर्ने स्थान समेत भएकोले सो कुरालाई बिषेश ध्यान दिएर यसका भित्री आकर्षण तथा साजसज्जालाई समेत बिषेश ध्यान दिइने छ । जसलाई हाल चलनमा रहेको सेल्फि प्वाइन्टका रुपमा पनि लिन सकिने छ,’ वेस्र्टन बिजनेस गु्रपका अध्यक्ष सञ्जय थापाले भने, ‘मलमा वेस्र्टन मार्ट (सुपर मार्केट), मल्टिब्राण्ड मोबाइल तथा ग्याजेट सोरुम, रेस्टुरेन्ट, कफी सप, फेसन सोरुम आदी समेत रहने छन् ।’

अत्याधुनिक सुविधा सम्पन्न यो मल पूर्ण रुपमा एसी जडित, क्याप्सुल लिफ्ट, यथेष्ठ पार्किङ्गको सुविधा रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कम्पनीका विजनेश कन्सल्टेन्ट शैलेस लोहनीले मलको बाहिरी भागमा नेपालगन्जको स्थानीय स्वादका बिभिन्न परिकारका फुड स्टलहरु समेत रहने जानकारी दिए ।

कोरोना कहरका कारण झण्डै दुई बर्ष ढिला सञ्चालनमा आउने लागेको वेष्र्टन मलले नेपालगन्जको बजार, व्यवसायलाई नयाँ स्वरुप दिन सहयोग गर्ने विश्वास विजनेश गु्रपका अध्यक्ष थापाको छ । ‘हामीले नोक्सानीमै रहेर पनि मलको अवधारणालाई प्रभावित हुन नदिने गरी योजना कार्यान्वयन गरिरहेका छौं’, नेपालगन्जका झण्डै ५० जना उद्यमी, व्यवसायी संगठित विजनेश गु्रपले आउने दिनमा विभिन्न थप योजना पनि अघि सारेको जानकारी दिंदै अध्यक्ष थापाले भने ।

वेष्टर्न मार्टका अध्यक्ष मार्टका अध्यक्ष लामिछानेले नेपालगन्ज भित्रै मार्टको अर्को शाखा सञ्चालन तयारी समेत अगाडि बढाइसकिएको जानकारी दिएका छन् । ‘यस क्षेत्रमा कम्तिमा ६ वटा आउटलेट वेष्टर्न मार्टले सञ्चालनमा ल्याउने छ’, विजनेश कन्सल्टेन्ट लोहनीले पत्रकारहरुसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया