पर्यटन मजदुरलाई राहत, अस्पताललाई स्वास्थ्य सामाग्री

कोरोना कहरले थलिएका पर्यटकीय प्रतिष्ठानमा कार्यरत मजदुरहरुका लागि आइतबार राहत प्रदान गरिएको छ । पर्यटन प्रवद्र्धन मञ्च बाँकेले नाट्टाको संयोजनमा बाँकेका १ सय ५० बढी पर्यटन मजदुरहरुलाई राहत प्रदान गरेको हो ।

गु्रप फर टेक्निकल एसिस्टेन्स (जिटिए) र गिभ टु एशियाको सहयोगमा प्राप्त राहत सामाग्रीलाई हस्तान्तरण गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा, उपप्रमुख उमा थापा मगर, नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले कोरोनाका कारण रोजगार गुमाएका मजदुरहरुका लागि प्रदान गरिएको राहतले निकै ठूलो सहयोग पुगेको बताए ।

होटल व्यवसायी संघ बाँके नेपालगन्ज, हान, नाट्टा नेपालगन्ज अन्तर्गतका मजदुरहरुलाई ४ हजार ८५ रुपैयाँ प्रतिप्याकेज खाद्यान्न १ सय ५० जनालाई हस्तान्तरण गरिएको पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । त्यसअघि भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्य किट तथा पीपीइ हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया