
नेपाल सरकारको जागिरमा प्रवेश गरेको १५ वर्ष भैसकेको थियो, तराई पहाड हुँदै नेपाल सरकारको संघ मातहतको नेपालगञ्ज स्थित भेरी अस्पतालमा काम गरेको पनि ५ वर्ष पुरा भैसक्दा अनेकन रोगहरु र महामारीको सामना गरिसकिएको थिए । तर, यसरी विश्व नै आक्रन्त हुने गरि कोभिड १९ को महामारी जिवनमै सामना गर्नुपरेको थिएन । यसै क्रममा २०७६ मंशीर र पौष महिनामा पश्चिमा राष्ट्रहरुको कोभिड १९ नामक भाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गएको र कतिपय देशहरुले लकडाउन गरिसकेको अवस्था थियो । अन्य देशहरुमा संक्रमण फैलिएको ६/७ महिना हुँदा र राम्रो पुर्व तयारी गर्ने समय पाउँदा पनि, अल्पविकशित देश र राजनैतिक खिचातानिले पूर्ण रुपमा तयारी गर्न नसकेको अवस्था सर्वविधितै छ । तीन तिर बाट सिमाना जोडिएको र खुला नाका समेत रहेको छिमेकी राष्ट्र भारतमा भाइरसको संक्रमण बढ्दो क्रममा थियो । तर, अल्पविकसित हाम्रो राष्ट्र उपकरण र रिएजेन्ट किटहरुको परनिर्भर रहनु हाम्रो बाध्यता थियो, भने देशको राजधानीको १/२ वटा प्रयोगशाला बाहेक अन्य स्थानमा कोभिड १९ को पि.सि.आर. प्रयोगशाला स्थापना गर्नु भनेको फलामको चिउरा चपाउनु झैं थियो । त्यसैमा पनि मेशिनरी सामानहरु ल्याउने देशहरुको लकडाउन र बाह््य उडान बन्दले गर्दा धेरै कठिन अवस्था थियो।
यहि क्रममा देशाको कति स्थानमा र कुन कुन अस्पताललाई पि.सि.आर. प्रयोगशाला स्थापना गर्न दिएर सेवा प्रवाह गर्न सकिन्छ भन्ने अध्ययन गर्न थालियो । केहि समय पछि नेपाल सरकारले पाँच वटा प्रदेशको लागि ५ वटा पि.सि.आर. मेशिन ल्याउने निर्णय गरेर मेशिन भित्राएतापनि संघको मातहलमा रहेको भेरी अस्पताल नेपालगञ्ज लाई पि.सि.आर. मेशिन नदिएर प्रदेश पाँचको लुम्बिनी अस्पताललाई मेशिन दिने निर्णय संघले ग¥यो । ततःपश्चात् भेरी अस्पतालमा पि.सि.आर.मेशिन आउने सम्भावना झ्न कठिन भयो र भेरी अस्पतालको कमचारी मिटिङ्गमा यस अस्पतालका छाला रोग विभाग प्रमुख डा.बद्री चापागाँई को प्रस्तावमा मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापा को पहलमा पि.सि.आर. प्रयोगशाला स्थापना र संचालनको लागि प्रदेश सरकारसँग प्रस्ताव लैजाने निर्णय गरियो । जस अनुरुप प्रदेश सरकारले पनि सकारात्मक पहल गरिदियो । संघिय सरकारले बुझाएको आशाको दियो प्रदेश सरकारले बाल्ने प्रयास ग¥यो । जस अनुरुप प्रदेश सरकारले बजेट पठाउने मौखिक आश्वासन पाउनासाथ पि.सि.आर. प्रयोगशाला एस्पर्ट कोहि नहुँदा नहुँदै पनि डा.बद्री चापागाँई र सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापा को नेतृत्वमा फोन कल, इन्टरनेट र म्यासेजको सहायतामा प्रयोगशाला प्रमुख प्रशन्न मिश्र र माइक्रोबायोलोजिष्ट सन्दिप पोखरेल र स्वयम् म प्रचण्ड गौतमको दौडधुप र सक्रियतामा कुन मेशिन कता राख्ने कसरी संचालन गर्ने भनि अव्यवस्थित कोठाहरुलाई काममा सहजताको लागि तोडफोड गरि खाका तयार गरियो । यतिबेला सम्म नेपालमा पनि कोभिड १९ बिरामी २०७६ माघ ९ मा देखिसकेको थियो । भने चैत्र महिनाको नेपालगञ्जको गर्मीमा धेरै सामानहरु खरिद गर्न सकिने अवस्था थिएन । एक महिनामा प्रयोगशाला संचालनमा ल्याउनु पर्ने बाध्यता र चुनौती हामीसँग थियो । तैपनि अग्रजहरुको सहायता र सक्रियताले हामिमा ठूलो हौसला प्रदान गरेको थियो ।
जस अनुरुप अग्रजहरुको पहलमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराले बायोसेफ्टी क्याबिनेट लेभल २, पछि बाह््य बजारको नाकाबन्दी खुलेपछि रिप्लेस्मेन्ट गर्ने शर्तमा सहयोग गर्ने भयो भने, leminar air flow नेपालगञ्ज स्थित नेपालगञ्ज हेल्थ क्यापसले सहयोग गर्ने प्रतिबद्धता गरेपछि अग्रजहरु र हामि प्रयोगशालाकर्मी लगायत अन्य सहयोगी कर्मचारीहरुको आफ्नै पहलमा सामानहरु अस्पताल सम्म ल्याउन सफल भयौं । यसैगरी पि.सि.आर.मेशिन पनि कठिन परिस्थिती बाबजुद डा.द्धय प्रकाश बहादुर थापा र बद्री चापागाँई को पहलमा टेन्डर प्रक्रियाबाट माथिल्लो निकायको संम्वन्वयमा आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया मिलाएर भेरी अस्पतालको प्राङ्गणमा आइपुग्यो ।
कठिन परिस्थितीको सामना गर्दै, सम्पूर्ण स–साना सरसामानहरु जुटाईसकेपछि नयाँ मेशिन जडान गर्न साथै कोभिड १९ परिक्षणको लागि प्रशिक्षण दिन अस्पतालको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विषय विशेषज्ञ माइक्रोबायोलोजिष्ट श्री सुलभ आचार्य ज्यू, लाई करारमा यहाँको जनशक्तिलाई प्रशिक्षण गराउनको लागि झिकाइयो । यसैगरी २०७६ साल बैशाख २ गते प्रयोगशालाकर्मी साथिहरुको आपसी समझदारीमा कसरी काम गर्ने, कतिजनाले काम गर्ने भन्ने आन्तरिक छलफलपछि तत्कालिन समयमा हामिसँग RNA extraction पनि Manual िप्रविधिबाट गर्नुपर्ने र sample area पनि बढि हुँदाहुदै कर्मचारी अभावमा निम्न कर्मचारीहरुले स्वाब संकलन तथा परिक्षण गर्ने निर्णय गरियो ।
सुलभ आचार्य (माइक्रोबायोलोजिष्ट विषयविज्ञ)
सन्दिप पोखरेल (माइक्रोबायोलोजिष्ट)
प्रशन्न मिश्र(ल्याब टेक्नोलोजिष्ट)
प्रचण्ड गौतम (ल्याब टेक्निसियन)
संजिब चौधरी (ल्याब टेक्नोलोजिष्ट)
हरि शरण अधिकारी (ल्याब टेक्निसियन)
अंकित श्रेष्ठ (ल्याब टेक्निसियन)
यति जनशक्ति पि.सि.आर. प्रयोगशालाको हरेक फाँटमा काम विभाजन गरि काम गर्ने र स्वाब संकलनको लागि पुण्य प्रसाद ढकाल ल्याब टेक्निसियन र दिपक ढकाल ल्याब टेक्निसियन ले काम गर्ने गरि खाँका तयार गरियो ।
२०७६ बैशाख ३ गते सम्पूर्ण मेशिन तथा सामाग्रीहरु तयार भैसकेपछि बिहानैबाट परिक्षण शुरु गर्नको लागि मेशिन लाई भ्यालिडेट गर्ने तयारी ग¥यौं । एकातिर विश्वभरी कोभिडको त्रास त्यसमापनि हामिहरु कोभिड परीक्षणसँग सामिप्य नभएको अवस्थाले गर्दा पारिवारिक, सामाजिक र पेशागत जिम्मेवारी र भयले गर्दा धरपरिवारसँग नभेटी, घरमा नबसी अस्पताको व्यवस्थापनमा होटलमा बस्ने निर्णय ग¥यौं । त्यस समयमा कोभिड १९ भन्नासाथ जनमानस डराउने अवस्थाले गर्दा कतिपय होटलहरुमा हामिहरु जाँदा, त्यहाँका संचालक तथा कर्मचारीहरु कोरोना सर्दछ भन्ने डरले बाहिर भागेको अवस्थाको पनि सामना ग¥यौं । होटलको बसाँई बिहानै ५ बजेबाट काम शुरु गरि रातिको १/२ बजे सम्म काम गर्ने मानसिकता तयार गरि काम शुरु ग¥यौं । जसअनुरुप २०७६ बैशाख ३ गते बाट शुरु गरेको मेशिन भ्यालिटेसन बैशाख ४ गते बिहान ३ बजे भ्यालिडेट गर्न सफल भयौं । त्यो दिन अझै मानसपटलमा ताजै छ । हामि ७ जना प्रयोगशालाकर्मी र डा.द्धय प्रकाश बहादुर थापा र बद्री चापागाँई बिहान ३ बजेसम्म नसुतेर कतिबेलाबाट हामिहरुले बाहिरबाट आउने स्याम्पल रिसिभ गर्न तयार हुन्छौं र हामिपनि पि.सि.आर. परिक्षण गर्न सफल भयौं भन्ने परखाईमा खुशी थियौं । त्यो कठिन परिस्थिती बाबजुत स्थापित पि.सि.आर प्रयोगशाला र यस प्रयोगशालामा काम गर्ने छुटै अनुभव संगाल्ने हर्षले २/३ घण्टाको सुताईपछि आर्कोदिन बिहानैबाट बाँकेका विभिन्न स्थानिय तह र अन्य जिल्लाबाट आएका नमुनाहरु संकलन र परिक्षण गर्न लाग्यौं । कुनै बेलामा यस्तो परिस्थिती सिर्जना भयो, नमुनाको मात्रा अत्याधिक भएर फ्रिज समेत भरिएर नमुना फिर्ता गर्नुपर्ने अवस्था आयो । तैपनि आन्तरीक दरिलो व्यवस्थापन र हामिहरुको कामप्रतिको लगावले दिनमा १००० नमुना परीक्षण गर्न सफल भयौ ।
परीक्षण शुरुभएको १६ दिन बितिसक्दापनि पोजेटिभ कोस नदेखिएकोले नेपाल सरकारको प्रोटोकल अनुसार ५ वटा स्याम्पललाई पुल बनाएर हाल्ने गरिन्थ्यो । काममा झन्झटिलो भएपनि नमुना परीक्षण संख्या छिटै घटाउने उत्तम उपाय थियो । यतिबेला सम्म पनि पोजेटिभ केस नभेटाउदाँ हाम्रै अस्पतालका सहकर्मी साथिहरु र सिनियरहरुले समेत ”तिमिहरुको मेशिन त ठिक छ ? सबै रिपोर्ट नेगेटिभ आउँछ त ।”भन्ने अवस्था आइसकेको थियो । तर पहिलो पटक २०७६ बैशाख १९ गते १ जना पोजेटिभ केस फेला प¥यो । माथिल्लो निकायको फितलो व्यवस्थापनले त्यो भेटिएको केसलाई कसरी र कहाँ रिपोटिङ्ग गर्ने समेत अन्योलमा परियो । दुई तीन पटकको रिपिट जाँच पछि हामि कन्फम भएर अस्पताल प्रमुखलाई जानकारी गरायौं र सम्पूर्ण रिपोटिङ्ग व्यवस्था मिलाएउ । तत्तपश्चात् संक्रमितको संख्या दिनानुदिन बढ्दै गयो । संक्रमण फैलिएको क्रास एकातिर थियो भने, आर्कोतिर पोजिटिभ केस फेला परेकोमा खुशीपनि थियौं । यसै क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तत्कालिन समयसम्म देखिएका पोजिटिभ स्याम्पल र केही नेगेटिभ स्याम्पल भेरिफिकेसन र क्वालिटि कन्ट्रोलको लागि माग ग¥यो । यहाँबाट पठाएको स्याम्पलको सबै रिपोर्ट शत प्रतिशत मिलेसँगै अस्पतालको रिपोर्टप्रति जनमानसको विश्वसनियता बढ्यो ।
यसै क्रममा नेपाल सरकारले राजधानी बाहिर दुई ओटा प्रयोगशालालाई रिफरेन्स ल्याबको रुपमा दिने निर्णय ग¥यो । जसअनुरुप भेरी अस्पताल पनि पश्चिम नेपालको एक मात्र रिफरेन्स ल्याबको रुपमा स्थापित भयो । यो भनेको भेरी अस्पताल लगायत प्रयोगशालाकर्मीहरुको लागि ठूलो उपलब्धी हो।
यसरी नै हामिहरुले तपसिलको जिल्लाहरुको स्वाब परीक्षण साथै प्रयोगशालालाई भ्यालिडेट ग¥यौं ।
जुम्ला ( स्वाब परीक्षण तथा भ्यालिटेसन)
सुर्खेत ( स्वाब परीक्षण तथा भ्यालिटेसन)
रुकुम चौरजहारी ( स्वाब परीक्षण तथा भ्यालिटेसन)
डोटी ( स्वाब परीक्षण तथा भ्यालिटेसन)
बुटवल ( स्वाब परीक्षण तथा भ्यालिटेसन)
नेपालगञ्ज मेडिकल कलेज ( स्वाब परीक्षण तथा भ्यालिटेसन)
दाङ ( स्वाब परीक्षण)
बर्दिया ( स्वाब परीक्षण)
डोल्पा ( स्वाब परीक्षण)
सल्यान ( स्वाब परीक्षण)
कालिकोट ( स्वाब परीक्षण)
परीक्षण गर्ने क्रम निरन्तर चलिरहेको थियो । असार महिनाको शुरुवातसँगै १० हजार बढि नमुना परीक्षण गरिसकेका थियौं भने, सबै भन्दा बढि संक्रमित पुष्टि गरिसकेका थियौ । दैनिक १५ देखि १८ घण्टाको प्रयोगशालाको काम र नमुना संकलन झ्न बढिरहेकोले जनशक्तिको कमि महसुश गरिरहेको बेला अस्पताल व्यवस्थापकको अनुरोधमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुई जना ल्याब टेक्नोलोजिष्ट श्री लक्ष्मण गुराउ र श्री निरज कुवर लाई करार नियुक्त ग¥यो । यसैगरी बाँके जिल्ला बाहेक बर्दिया जिल्लाको सबैभन्दा बढि स्वाब परीक्षण गरिने भएकोले अस्पताल प्रमुख डा. प्रकाश बहादुर थापाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय बर्दियाले दुई जना ल्याब टेक्निसियन श्री आशाराम थारु र श्री प्रज्वल थारु लाई भेरी अस्पताल पि.सि.आर प्रयोगशालामा काम गर्नेगरी करार नियुक्त ग¥यो। जस अनुसार हामिले अझबढि नमुना परीक्षण गर्न सहज भयो ।
काम गर्ने क्रममा स्वाब संकलन, परीक्षण, प्रतिवेदन संकलन र रिपोटिङ्ग सबै आफै गर्नपर्ने अवस्था साथै धेरै जसो जनमानसले कोभिड इन्स्योरेन्स गरेकोले, पुरानो पुरानो रिपोर्ट लिन आउनेक्रम जारी थियो । सरकारको अपर्याप्त तयारीले हामिसँग कुनैपनि कोभिड रिपोटिङ्ग सफ्टवेयर थिएन। रिपोटिङ्ग प्रक्रिया झन्झटिलो थियो । यसै क्रममा हाम्रो झन्झटिलोपनलाई मनन गरी डा. बद्री चापागाँईले स्वयम् निर्माण गर्नुभएको रिपोटिङ्ग सफ्टवेयर फरमिस ले गर्दा रिपोटिङ्ग प्रक्रियामा धेरै सहजता दिलायो ।
कोभिडको पहिलो वेभको अन्तिमसम्म आउँदा, हामिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पछिको पहिलो सबैभन्दा बढि नमुना परीक्षण गर्ने ल्याबको रुपमा स्थापित भयौं । यतिबेला सम्म हामिले लगभग ५० हजार बढि स्वाब परीक्षण गरिसकेका थियौं । यतिबेला अस्पताल प्रशासनले नेपहोस्ट नामक कोभिड १९ रिपोटिङ्ग सफ्टवेयरको व्यवस्था गरिसकेको थियो । जसमा बाहिरबाट प्राप्त नमुनाको विवरण, अस्पतालमा संकलित नमुनाको विवरण सफ्टवेयरमा इन्ट्री गर्न र रिपोटिङ्ग गर्नको लागि सहकर्मी कम्प्यूटर अपरेटर श्री कमल जोशी ज्यूले निरन्तर सहयोग गरिरहनु भएको थियो । यसैगरी पि.सि.आर. प्रयोगशालाको फोहर व्यवस्थापन र सरसफाईलाई उत्कृष्ट गराउन कार्यालय सहयोगी सन्तोष बाल्मिकी र हरिकला गुरुङ्गले महत्वपूर्ण योगदान दिइरहनु भएको छ ।
बाह््य सरकारी निकाय तथा संघ संस्थाहरुले मेशीनरी सामानहरु सहयोग गर्नेक्रम जारी थियो जस अनुरुप राष्ट्रिय क्षयरोग केन्द्रले हामिलाई १ थान जिन एक्स्पोर्ट मेशिन उपलब्ध गराउनु भयो, जसको कारणले इमरजेन्सी र आइ.सि.यु.मा भएका संकास्पद र सिरियस बिरामीहरुको स्वाब संकलन गरि १ घण्टामै रिपोटिङ्ग गरी समयमा उपचार दिएर ज्यान बचाउन सफल भयौं । यसै क्रममा रोटरी क्लब अफ नेपालगञ्जले १ थान १२ वटा स्याम्पल एकै पटकमा परीक्षण गर्न मिल्ने पि.सि.आर. मेशिन सहयोग गर्नुभयो भने, यु.एस.ए.आई.डी स्वास्थ्यको लागि सक्षम प्रणालीले निम्न सामाग्री सहयोग गर्नु भयो ।
- High Capacity safety Cabinate Level-2 – 1 pcs
- PCR Machine 96 test one chain – 1 pcs
- -800 C Freeze – 1 pcs
सहयोग स्वरुप हस्तान्तरण गर्नु भयो । फलस्वरुप हामिले पहिलाको भन्दा दोब्बर नमुना परीक्षण गर्न सफल भयौं । उहाँहरु धन्यवादको पात्र हुनुहुन्छ ।
यसरी शुन्यबाट स्थापना र संचालन गरिएको प्रयोगशालामा अहिले प्रयाप्त उपकरण र स्वाब संकलन साथै कोभिड वार्डको बिरामीको स्वाब तथा रक्त नमुना संकलन गर्न पाँचजना कर्मचारी निरन्तर लागि रहनुभएको र पि.सि.आर प्रयोगशालामा ११ जना प्रयोगशालाकर्मी लागिरहेका छौं । यसरी प्रयोगशालाकर्मीको जोश र जाँगरमा कमि आउन नदिई प्रयोगशाला लाई यहाँसम्म पु¥याउन अग्रनी भुमिका निर्वाह गर्नुहुने डा. प्रकाश बहादुर थापा , डा. बद्री चापागाँई र महामारीको समयमा निरन्तर अनुगमन र प्रोत्साहित गर्ने तत्कालिन जिल्ला प्रमुख श्री राम बहादुर कुरुङबाङ्ग, अस्पताल विकास समितिका पदाधिकारीहरु र सम्पूर्ण कर्मचारीहरुप्रति प्रयोगशाला परिवार हार्दिक आभार प्रकट गर्दै, अब आउने कोभिड १९ को तेस्रो वेभको लागि पनि प्रयोगशालाकर्मीको जोशजाँगर कम नहुने प्रतिवद्धता प्रकट गर्दै, सबैको साथ सहयोगको अपेक्षा गर्दछु ।
”कोभिड विरुद्धको हाम्रो अभियान जारी छ ।”
धन्यवाद!!!
गौतम भेरी अस्पताल नेपालगन्जमा ल्याब टेक्निसियन निरिक्षक पदमा कार्यरत छन्